gulminews logo
शनिबार, २०८१ बैशाख १५

गाउँमा पहिलो पटक बस पुग्दाको खुशी: बस चढेर बाटो उद्घाटन गर्न पुगे नगरप्रमुख

कौरव खत्री
गुल्मी, २१ मंसिर । बाग्लुङको गल्कोट नगरपालिका ३ को एक गाँउमा पहिलो पटक बस पुगेपछि स्थानीयहरुमा खुसीयाली छाएको छ । मोटरबाटोको उद्घाटन गदै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले मोटरबाटो विस्तारले यस क्षेत्रका जनता विद्यार्थीमा सहजता ल्याउनुका साथै कृषी उपजले समेत बजार पाउने बताए । त्यस्तै नगर प्रमुख गैरेले यस मोटरबाटो लाई दिगो बनाउन निरन्तर सहयोग गर्नै प्रतिबद्धता समेत व्यक्क्त गरेका छन् ।

साथै सोही अवसरमा नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले गाँउमा बस पुगेपछि स्थानीयहरुको उत्पादनले अव बजार पाउने हुदा भौतिक पूर्वाधारको विकाससँगै मानिसहरुमा चेतनाको विकासमा ध्यानदिनु पर्ने बताए । त्यस्तै वडाअध्यक्ष भण्डारीले पछिल्लो समयमा गाँउमा तिव्र बसाई सराइले गाँउ रित्तो हुने अवस्था आउन थालेपछि गाँउमै बस्ने वातावरण सिर्जना गर्न तर्फ वडा लागेको बताए । त्यस्तै वडा सदस्य झहर बहादुर खत्रीले मोटरवाटो गाँउमा पुगेपछि स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको बजारीकरणमा थप सहजता थप्ने बताए । त्यस्तै अर्का वडा सदस्य बेल बहादुर बोहोरा लगायतले मन्तव्य राखेका थिए । त्यस्तै बोहोराफाट भुल्केपानी घट्टेखोला मोटरवाटो निर्माणका लागि गलकोट नगरपालिकाको आठ लाख आर्थिक सहयोग र खर्च तर्फ दश लाख चौविस हजार, नौ सय बराबरको आर्थिक खर्चको प्रतिवेदन योजनाका सचिव कुल बहादुर बोहोराले प्रस्तुत गरेका थिए ।

क्मरेपानी, बोहोराफाट,भुल्केपानी घट्टेखोला मोटरवाटो निर्माण पछी सविकको वडा नम्वर एकको लमई र वडा नम्वर दुईको बोहोरा फाँट गाँउ सडक सञ्जालले जोडिएको छ । सडक सञ्जालले जोडिए संगै दुई गाँउ बिचको सम्बन्ध नजिक हुनुका साथै आवतजावतमा सहजता पुराएको छ । कार्यक्रम बोहोराफाट भुल्केपानी घट्टेखोला मोटरवाटो योजनाका सचिव कुल बहादुर बोहोराको अध्यक्षता तथा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यता स्थानीय समाजसेवी युवा विर बहादुर बोहोराको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने टोल विकास समिति तल्लो लमईका अध्यक्ष तारा बहादुर अधिकारीले गरेका थिए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D