gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

खोला किनारमा खानेपानीले ल्याएको खुसी

टोपलाल अर्याल
गुल्मी, २७ पुस । खोला नजिकैको चौरासी बजार । त्यहाँका नागरिकले बर्षौ खानेपानी संकट भोगे । खानेपानी खोज्न खोला तरेर कुवा र पँधेरा धाउनु पर्थ्यो । अहिले घरघरमै धारा जोडिएको छ । स्थानकी ७५ बर्षीय पद्यमा खनाल अत्यन्तै खुसी छन् । उनी चौरासी झरेको झण्डै चालिस बर्ष पुगे । त्यतिवेला दुई÷चार वटा मात्रै घर थिए । अहिले ७५ घरधुरी छन् । त्यो बेलादेखिनै चौरासीमा खानेपानीको बिकल्प थिएन् ।

‘पानी बोक्दै कपाल फुल्यो तर मर्ने बेलामा सुख देखे,’उनले भनिन्,‘अहिले घरभित्रै पानी भर्छन् ।’ बालु गिरी पनि चौरासीबासीको जुनि फेरिएको अनुभुति गर्छन् । उनले खानेपानीकै लागि गाग्री बोकेर खोला तरेर कुवा पधेँर तर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । अहिले गिरी लगायतका ६४ घरमा मिटर सिस्टममा धारा जडान भएको छ ।

१ बर्ष नपुग्दै गाउँमा पानी
इस्मा गाउँपालिका ६ अम्मरपुरको चौरासी खानेपानी योजना संचालन भएको एक बर्ष पुगेको छैन । गाउँमा पानी खसेको पनि धेरै भए । करिव ११ महिनामा उद्घाटन् समेत गरियो । योजनाको बिहिबार गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उद्घघाटन गरे । खानेपानी योजनाको उद्ध्घाटन गर्दै बिष्टले आफैले प्रतिबद्धता गरेर, आफै योजना शुरु गरि आफैले उद्घघाटन गर्न पाउदा खुशी लागेको बताए । उनले चौरासी खानेपानी योजना सहित गाउँपालिकामा सानाठूला करिब १० करोडका योजना संचालनमा भइरहेको बताउँदै बिस्तारै एक घर एक धाराको अभियान सफल हुने बताए ।

प्रत्येक घरघरमा धारा
यो योजना निर्माणसंगै चौरासीका ६४ घरधुरी, एक बिधालय र एक सामुदायिक संस्थालाई खानेपानी वितरण गरिएको उपभोक्ता समितिका सचीव कृष्ण घिमिरेले बताए । कुल ४७ लाख २५ हजार तीन सय ८० रुपैयाँको लागतमा खानेपानी योजना निर्माणको गरिएको घिमिरेले बताए ।

पश्चिम नेपाल ग्रामीण खानेपानी परियोजना दोस्रो चरण र इस्मा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा योजना निर्माण गरिएको इस्मा गाउँपालिकाका वास संयोजक हरि प्रसाद घिमिरेले बताए । धुर्कोट गाउँपालिका ७ वाग्लाबाट चौरासीसम्म खानेपानी ल्याएर घरघरमा खानेपानी वितरण गरिएको घिमिरेले बताए ।

सस्तो र सुलभ ग्राभेटी प्रबिधि
अहिले गुल्मीमा धेरै प्रकारका खानेपानी योजना संचालन भइरहेका छन् । त्यस मध्येका सोलार तथा बिद्युतिय लिफ्टिङ्ग र ग्राभेटी प्रबिधि हुन् । यी तीन प्रविधी मध्ये ग्राभेटी प्रविधी नागरिकका लागि सस्तो र सुलभ हुने परियोजनाका सव इन्जिनियर बिक्रम चुँदाराले बताए । उनले सोलार र बिद्युतिय लिफ्टिङ्ग खानेपानीमा उचाई र घर धुरीको आधारमा एक घरले कम्तीमा तीनदेखि पाँच सयसम्म तिर्नुपर्ने बताए । तर ग्राभेटी प्रविधीमा एक सयदेखि बढिमा डेढ सय खर्च आउन सक्ने चुँदाराले जानकारी दिए ।

सम्पति समुदायले नै जोगाउनुप¥यो
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले योजनाको दीर्घकालीन ब्याबस्थापनको लागी उपभोक्ता समिति र सिङ्गो समुदायनै लाग्नुपर्ने बताए । गाउँपालिका उपप्रमुख बिमला खत्रीले इस्मा गाउँपालिकाको प्राथमिकतामा खानेपानी रहेकाले बिस्तारै वडा, समुदाय र परिवारसम्म बिकासको अनुभुती दिलाउने बताइन ।

त्यस्तै परियोजनाका जिल्ला वास सल्लाहकार बिनोद प्रकाश लुहारले खानेपानीको सम्बन्ध उपभोक्तासंग दीर्घकालीन हुने भएकाले त्यसको संरक्षणमा समुदायनै सक्रिय रहनु पर्नेमा जोड दिए । मुहान संरक्षणदेखि ट्याङ्की र घरको धारासम्म हरेक दिन ध्यान दिन लुहारले आग्रह गरे ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D