gulminews logo
शनिबार, २०८१ बैशाख ८

कालिगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्ड चौडा गरिने

पोखरा, १० माघ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्ड चौडा गरिने भएको छ ।

हाल रहेको सात मिटरको सडकलाई बढाएर १० मिटरमा पुरयाइने भएको हो । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत हुनासाथ काम अघि बढ्ने नेपाली सेनाको कालिगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । कार्यदलले दुवै खण्डको छुट्टाछुट्टै लागत योजना तयार गरेर सडक विस्तारको प्रक्रिया अघि बढाएको हो । छत्तीस किमीको बागलुङ खण्डका लागि रु २५ करोड र ४४ किमीको गुल्मी खण्डका लागि रु ३५ करोड बजेट माग गरिएको छ । सडक विभाग हुँदै अर्थ मन्त्रालयमा लागत योजनाको प्रस्ताव पुगेको कार्यदलका प्रमुख इञ्जिनियर रेश्मीराज भट्टराईले बताए ।

सडकको गुणस्तर बढाउन र मापदण्डअनुसार चौडा गर्न करिडोर प्रभावित क्षेत्रका बासिन्दाले पनि माग गर्दै आएका छन् । गत वर्षदेखि नै मार्ग खुलेर करिडोर सञ्चालनमा आए पनि साँघुरो र अव्यवस्थित सडकले जोखिम निम्त्याउने गरेको छ । मार्ग खुले पनि सडकको स्तरवृद्धिका लागि आवश्यक पूर्वाधारको काम बाँकी नै छ । सडक विस्तारसँगै नाली, पर्खाल, कल्भर्टर पाराफिट निर्माणको काम पनि गरिने इञ्जिनियर भट्टराईले बताए । “मापदण्ड कायम गरी करिडोरलाई बाह्रैमास चलाउनुपर्ने चुनौती छ”, उनले भने, “सरकारले यथाशक्य छिटो बजेट र कार्यक्रम स्वीकृत गर्नुपर्छ ।”
kaligandaki-corridor
आफ्नोसमेत पहलमा अघि बढाइएको फाइल अर्थ मन्त्रालयमा पुगेर रोकिएको बागलुङ क्षेत्र नं २ पूर्वसांसद प्रकाश शर्मा पौडेलले बताए । उनले भौतिक पूर्वाधारमा सरकारी बजेट कम भएका कारण तत्काल निर्णय हुन नसकेको बताए ।

मन्त्रालयका अधिकारीले अन्य स्रोतबाट जुटाएर भए पनि करिडोरलाई बजेट उपलब्ध गराउने सुनिश्चितता गरेको उनको भनाइ छ ।

बागलुङ–गुल्मी खण्डबाहेक अन्य क्षेत्रमा पनि बहुवर्षीय योजनामार्फत सडक स्तरवृद्धिको काम भइरहेको छ । ठाउँठाउँमा पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । बागलुङ र गुल्मीमा पर्ने सबै खोलामा ‘बेलिब्रीज’ निर्माण गरिएको छ । नेपाललाई चीन र भारतसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरमा मार्ग खुलेसँगै सार्वजनिक यातायात सञ्चालनमा छ । तीन सय ४५ किमीको करिडोरको पूरै मार्ग खुले पनि दक्षिणी नाका सुनौलीदेखि उत्तरी नाका कोरलासम्म लामो दूरीमा यातायात चलेका छैनन् । छोटो दूरीमा चलेका सार्वजनिक सवारीले यात्रुलाई सेवा दिइरहेका छन् ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D