gulminews logo
शनिबार, २०८१ बैशाख ८

काउली बुढीको अहिलेसम्मकै खतरा कमेडी, गुल्मी पुगेर यस्तो रमाइलो गरिन् (भिडियो)

गुल्मी । यतिबेलाकी चर्चित हाँस्यकलाकार काउली बुढीले गुल्मी पुगेर आफ्नो कमेडी प्रस्तुत गरेकी छन् । गुल्मीमा चलिरहेको गुल्मी महोत्सवमा काउलीले बुधवार सातौ दिनको प्रस्तुतीमा आफ्नो कमेडी प्रस्तुत गरेकी हुन् । गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा चैत्र २० देखि सुरु भएको पर्यटन तथासास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

यो पनि हेर्नुस्: गुल्मेली दर्शकले कुलेन्द्रलाई सालको पात…….. पाँच पटक गाउन बाध्य बनाए (भिडियो सहित)

चैत्र२० देखि चैत्र ३० सम्म चल्ने यो महोत्सबमा २ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारले आफनो प्रस्तुति दिनेछन । जसमध्ये आज सातौ दिन पालो परेको थियो गायिका, कमेडियन या भनौ सबैको मनमा राज गर्न सफल काउली बूढीको। उनले गरेको बब्बल कमेडीले दर्शकहरु लोटपोट भएका छन, जब उनी स्टेजमा चढिन त्यसपछित झन माहोल नै अर्कै बन्यो, दर्शकहरु उनलाई छुन हम्मेहम्मे गरे…

हेरौँ भिडियो:

को हुन् काउली बुढी ?
सन्ध्या बुढा अर्थात् काउली बुढीले युट्व च्यानलमा काउली बुढी नामक शो पनि चलाउँदै आएकी छिन् । कार्यक्रम निकै राम्रो भएपनि उनी नेपाल आइडलमा आउनुअघि त्यसको धेरै चर्चा भएको थिएन । तर, नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् ।

सुर्खेतकी २३ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन्। उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्।‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D