gulminews logo
बुधबार, २०८१ बैशाख १२

उजुङ्गवासीको पानीमा बितेको दैनिकी, लिफटिङ्ग खानेपानीले सहज बनाउदैँ

अनिल खत्री
७ पुस,गुल्मी । स्थानियले कहिल्यै पानी आउला र घरमै बसीबसी पानी पिउन पाउला भन्ने कल्पना समेत गरेका थिएनन् । नजिकै मुहानहरु पनि नभएकाले र अग्लो स्थानमा रहेकाले पानी ल्याउन समेत कठिन अबस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर १ स्थित उजुङ्गमा स्थानियले कल्पना गरेभन्दा फरक भएको छ ।

सदियौं देखि खानेपानीको लागि समस्यामा रहेका उजुङ्गमा वासीको पानीको समस्या समधान भएको छ । सोहि वडाकै दुनदुरे खोलाबाट लिफ्टिङ्ग मार्फत पानी तानेर अग्लो स्थानमा पुगेपछि स्थानिएको पानीको समस्या समधान भएको हो ।

१ सय ४७ घर परिवारले बसोवास गर्दै आएका स्थानियलाई पानीको निम्ति दैनिकी बित्ने गर्दथ्यो । दैनिक ३ देखि ४ गार्गी पानीको लागि टाढा पुगेर लाइन बसेर पानी बोक्नु पर्दा त्यहाका स्थानियलाई दैनिकि चलाउन निकै कठिन बन्दै आएको थियो ।

नजिकै भएका मुहानहरु सुक्दै र अल्ली टाढा रहेका मुलहरुमा वढ्दो जनसंस्थासँगै मुलहरु घटदै जानाले पानीको जोहो गर्न स्थानियको दैनिकी बित्ने गर्दथ्यो । कहि कतै शुभ कार्य पूजा,बिवाह,मेला पर्वमा समेत पानीको कारणले उजुङ्ग वासी टार्नको लागि निकै समस्या पर्दै आएको थियो ।

केहि वर्ष पहिलेबाट मोटरबाटो पुगेको उक्त स्थानमा खानेपानीको कारणले धेरै जनसंस्था अनेत्र सर्ने क्रम पनि वढ्दै गएको थियो । पानीका कारण स्थानियसँगै स्कुल पढ्ने बिद्यार्थीहरुलाई समेत समस्या पर्दै आएको थियो ।

पानी बोक्नुुपर्ने कारण पनि त्यस स्थानमा अनेत्रबाट छोरी दिन समेत आनाकनी गर्ने गरेको स्थानिय बताने गर्दथे । तर यो सबै समस्याको समधान लिफ्टिङ्ग खानेपानीले गरिदिएको छ । ०७० सालबाट सुरु गरिएको दुनदुरे खोला उजुङ्ग हर्पुकोट खानेपानी ५ वर्ष पछि निर्माणको काम सम्पन्न भएको हो ।

नेपाल सरकारबाट ३ करोड ६९ लाखमा सम्पन्न खानेपानी आयोजनाले पानी तान्न सुरु गरेपछि स्थानियले खुसी व्यक्त गरेको दुनदुरे खोला उजुङ्ग हर्पुकोट खानेपानी समितिका सचिव नारायण कुँवरले बताए । तत्कालको लागि अस्थायी रुपमा पानी बितरण भएको छ उपभोक्ता समिति सचिव कुँवरले भने,‘केहि दिनमै घरघरमा लगेर बितरण कार्य सुरु गरिनेछ ।’

हाल २ सय २७ घरले खानेपानी पिउनको लागि सदस्यता बनेको सचिव कुँवरले बताए । पानी पिउनको लागि प्रतिव्यक्ति ३ हजार ५५ रुपैयाँ लाग्ने दुनदुरे खोला उजुङ्ग हर्पुकोट खानेपानी समितिका अध्यक्ष बैकुण्ठ कुँवरले बताए ।

हालको लागि केहि घरहरुले पानीको उपभोग गरिरहेता पनिएक घर एक धारा अनुसार मिटर सिस्टमले बितरण गरिने अध्यक्ष कुँवरले बताए । करिब ७ सय घरलाई पुग्ने लिफ्ट गरिएको खोनपानी ९ सय ५० मिटर तलबाट माथी ल्याइएको हो ।

खानेपानी उजुङ्ग, हर्पुकोट, हस्तिचौर, तोरिखर्क र फेदिय सम्मका स्थानियले माग गरेको समितिका सचिव कुँवरले बताए । कल्पना समेत नगरेको ठाउँमा पानी आउदा निकै खुसी भएको स्थानिय अर्जुन कुँवरले बताए ।

पानी बोकेर स्कुल जाँदा बिद्यार्थीहरुलाई पनि निकै समस्या थियो समितिका सचिव कुँवरले भने,‘स्थानिले निकै खुसी भएका छन् यसले अब उनिहरुको दैनिकीमा परिर्वतन ल्याउनेछ ।’ पानी बोकेरै दैनिकी बिताउनु पर्ने स्थानियले अब त्यो समयलाई अन्य आयआर्जन र अरु काममा लाग्ने उनको भनाई छ ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D