gulminews logo
मंगलवार, २०८१ बैशाख ११

आयो सत्यवतीमा केही दिन पहिले घटेको बिपत्तीमा आधरित गीत (हेर्नुस् भिडियो)

सन्जु काउछा
साउन ०९ । गुल्मीको सत्यवती गाउँपालिकाकाको २ वटा वडामा गएको भीषण पहिरोको बारेमा गीत सार्वजनिक भएको छ । गत मंगलबार बिहान अबिरल बर्षासँगै गएको भीषण पहिरोमा परि सत्यवती गाउँपालिकाका वडा नं ३ र ४ मा १३ जनाको ज्यान गएको थियो । सोही घटनामा आधारित रहेर मार्मिक लोक गीत सार्वजनिक भएको हो ।

गायक सुनिल थापा र गायिका शान्ता पारीयारको स्वरमा “गुल्मी बढी पहिरो…….” बोलको गीत सार्वजनिक भएको हो । गायक सुनिल थापाकै शब्द र संगित रहेको गीत मन्जरी स्टुडियोमा रेकर्डिङ ईन्जिनियर रुबिन जि मगरले रेकर्ड गरेका हुन् ।

गीतको घटनाका तस्बिरहरु समेत समावेश गरी भिडियो पनि तयार पारीएको छ । बिक्रम काउचा मगरको निर्देशनमा तयार भएको भिडियोमा पिएन् साईला र सानी परियारले अभिनय गरेका छन् । बिसौनी कृयशन प्रालीको पोस्ट प्रोडक्शनमा तयार भएको भिडियो रुबिन जि मगरले सम्पादन गरेका छन् ।

गीतको भिडियोमा अत्यन्तै बिक्षिप्त दृष्‍यहरु प्रयोग भएकाले हामीले भिडियो हाम्रो साईटमा राख्न सकेनौँ । भिडियो सिधै युट्युबमा हेर्न सक्नुहुनेछ । त्यसको लागि यहाँ क्लिक गर्नुहोला ।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D