gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अपांगताले नछेकेको अचम्मको कला: किन बिक्दैन उनको सिप ? के छ गाउँपालिकासँग उनको चित्त दुखाई? (भिडियो रिपोर्ट)

सन्जु काउछा
धन बहादुर रास्कोटीको एउटा संघर्षको कथा । उनको दुबै खुट्टाले काम गर्दैन । जन्मदै अपांगता भएर जन्मेका रास्कोटीको शिप, मेहनत, पौरख भने कुनै सपांग ब्याक्तिको भन्दा कम छैन ।
आफ्ना साथीसँगीहरु रमाउँदा खेल्दा र कमाउन देश बिदेश लाग्दा आफु भने अपांग भएकै कारण यि सबै चाहना लुकाएर बसेका छन् धन बहादु रास्कोटीले । बिहे गर्ने चाहना नभएको पनि कहाँ होला र? तर आफ्नो अवस्था यस्तो हुंदा त्यो चाहना पनि मनमै रह्यो ।

जिन्दगीमा संघर्ष पनि नगरेको हैन । हातमा सिप नभएको पनि हैन, उनले नजानेको केही छैन । सिकर्मी, डकर्मी होस् या घर खेतको काम सबै गर्छन् उनी । दाउरा चिर्ने र रुखमा चढेर घाँस काट्ने उनको पहिले देखीकै दैनिकी हो । काठ बाँसका सुन्दर हस्तकलाका सामाग्रीहरु पनि बनाउँछन् । आँफैले जानेको सिप बेचेर खाने प्रयास नगरेको पनि हैन । पैसा कमाएर गुजारा चलाऊँला भनेको उनको सिपले बजार पाएन ।

गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वार्ड नं २ स्थित हुल्टुङ स्थाई घर भएका ४७ बर्षिय धन बहादुर रास्कोटीको पिडा हो यो । आफ्नो घर हुल्टुङबाट चार पाउ टेकेरै तम्घास सम्म पुगेको अनुभव पनि छ उनको ।

हेरौँ गुल्मी टेलिभिजनले तयार पारेको एक भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D