gulminews logo
बिहीबार, २०८१ बैशाख १३

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खरेल सर्वसम्मत

गुल्मी, १० असाैज । नेकपा माअाेवादी केन्द्रनिकट विध्यार्थीहरूकाे संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेशकाे अध्यक्षमा गुल्मीका घनश्याम खरेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार दाङकाे घाेराहीमा सम्पन्न प्रथम लुम्बिनी प्रदेश सम्मेलनले खरेलकाे अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी सर्वसम्मतमा निर्वाचित गरेकाे हाे ।

कमिटीको उपाध्यक्षमा भिमराज खरेल, रूपेन्द्र मल्ल, अम्बिका परियार र सम्झना घिमिरे निर्वाचित भएका छन्। त्यसैगरि प्रमुख सचिवमा राजेन्द्र विष्ट, सचिवमा दिलिप शर्मा, सागर पन्थ, सुदर्शन पुन र मदन जि.एम्. तथा काेषाध्यक्षमा प्रमाेद थापा निर्वाचित भएका छन् । सुदुरपश्चिम र कर्णाली प्रदेशमा अान्तरिक विवाद भइरहेका बेला लुम्बिनी प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएकाे हाे ।

काे हुन खरेल ?

अध्यक्ष खरेलकाे घर गुल्मीको चन्द्रकाेट गाउँपालिका -१ दिब्रुङमा हाे । उनी सानैदेखि विद्राेही र क्रान्तिकारी स्वभावका थिए । ०६५ मा तम्घासमा सम्पन्न अखिल क्रान्तिकारीकाे १५ अाैँ जिल्ला सम्मेलमा खरेल सचिवालय सदस्यकाे भुमिकामा स्थान पाए । त्यसपछि ०६७ र ०७२ सालमा सम्पन्न १६ र १७ अाैँ सम्मेलनबाट खरेल सर्वसम्मत रूपले अखिल क्रान्तिकारी गुल्मीको अध्यक्षमा निर्वाचित भए । यस अवधिमा गुल्मीका विभिन्न विध्यालय तथा क्याम्पसमा विध्यार्थी संगठन निर्माण गरेका थिए ।

त्यसपछि ०७२ असाैजमा सम्पन्न अखिल क्रान्तिकारीकाे केन्द्रीय सम्मेलनबाट उनी सचिवालय सदस्यमा निर्वाचित भए । त्यसपछि तत्कालीन ५ नम्बर प्रदेशमा उनले संगठनकाे सह-संयाेजक र गुल्मी र अर्घाखाँची कार्यक्षेत्र रहने गरि इन्चार्जकाे जिम्मेवारी प्राप्त गरे। अहिले अनेरास्ववियू (क्रान्तिकारी) काे गुल्मी र अर्घाखाँची दुवै जिल्लामा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएको छ । यसरी उनी निरन्तर रूपमा विध्यार्थीहरूकाे हक हितमा काम गर्दै आएका छन् । अब लुम्बिनी प्रदेशमा अखिल क्रान्तिकारीकाे संगठन बलियाे र चलायमान बनाउने खरेलले बताएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D