अपराध

१५ केजी चरेस सहित गुल्मीका २ युवा बुटवलबाट पक्राउ

रुपन्देही, पुष २१ । तिलोत्तमा नगरपालिका ३ जानकीनगरबाट अवैध लागूऔषध चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी रेसुङगा नगरपालिका ८ बस्ने २७ वर्षीय संजय राउत र सोही ठाउँ बस्ने ३२ वर्षीय पदम थापा रहेका छन् ।

करिब १५ किलो अवैध लागूऔषध चरेशसहित उनीहरुलाई आइतबार दिउँसो ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D