gulminews logo
बुधबार, २०८१ बैशाख १२

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने, भौगर्भिक सर्भे शुरु

बुटवल, २७ माघ । ‘मृत्यु मार्ग’को उपमा पाएको सिद्धार्थ राजमार्ग सिद्धबाबा-दोभान खण्डमा सुरुङ मार्ग बनाउन भौगर्भिक अध्ययन सुरु भएको छ ।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभान गाउपालिकामा पर्ने रामापिथेकस पार्कसम्मको अति जोखिमयुक्त एक किलोमिटर तीन सय मिटर दुरीमा सुरुङ मार्ग बनाउन भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) सुरु भएको हो ।

स्वीस डेभलेपमेन्ट कोअपरेसनको ५० लाख रुपैयां आर्थिक सहयोगमा प्लानेट टेस्ट प्रालि र डि्रलिप नामक संस्थाका भुगर्भशास्त्री र इन्जिनियरहरुले उक्त क्षेत्रमा त्यहाँको जमीन, माटो, ढुंगा, चट्टान,पानी आदिका अवस्थाबारे विभिन्न पक्षको अध्ययन थालेका छन् ।

टोलीले बुटवलको तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबासम्मको एक किलोमिटर सय मिटर दूरिमा रक नेटिङ प्रविधिबाट सडकलाई सुरक्षित बनाउन अर्को अध्ययन पनि गरिरहेको छ ।

प्राविधिक टोलीले ६ वटा स्थानमा ११० मिटरसम्म गहिरो डि्रलिङ गरेर जमीनभित्रको अवस्थाबारे जानकारी लिइरहेको छ ।

६ स्थानमध्ये ४ स्थानमा १५-१५ मिटरको भर्टिकल र २ स्थानमा होरिजेन्टल मध्ये एक स्थानमा एक सय १० र अर्कोमा ६० मिटर गहिरो डि्रलिङ गरेर प्जमिनमुनिको अवस्था पत्ता लगाउने काम भइरहेको प्लानेट टेस्ट प्रालिका जियोटेक्निकल इन्जिनियर दिवाकर ढकालले जानकारी दिए ।

हालसम्मको करिब ८५ प्रतिशत अध्ययनबाट उक्त क्षेत्रको जमीनमा डेढ मिटर गहिराइसम्म माटो तथा त्यसभन्दा तल स्याण्ड स्टोन र मड स्टोनको मिश्रण भेटिएको इन्जिनियर ढकालले बताए ।

डेढ दर्जन जनाको प्राविधिक टोलीले डि्रलिङ, जियोफिजिकल टेस्टिङ र जियोटेक्निकल इन्भेस्टिगेसनको काम एक साताभित्र सकेर प्रतिवेन तयार गरी फेब्रुअरीभित्र स्वीस डेभलेपमेन्ट कोअपरेसनलाई बुझाउने डि्रलिपका वातावरण इन्जिनियर आशिष ढकालले जानकारी दिए ।

उक्त प्रतिवेदनका आधारमा स्वीस सरकार अन्तर्गतको स्वीस डेभलेपमेन्ट कोअपरेसनले सुरुङ मार्गको डिजाइन गरी नेपाल सरकारलाई बुझाउने छ ।

सुरुङ मार्ग भने नेपाल सरकारकै लगानीमा बनाइने पलेन टेस्टका भुगर्भशास्त्री डा. प्रकाशदास उलकले बताए ।

यो सडक खण्डमा वर्षायाममा मात्र होइन, हिउँदमा पनि ढुंगे पहिरो खसेर थुप्रैले अकालमा ज्यान गुमाइरहेका छन् । यो मा मात्रै १ सय १३ वटा साना ठूला पहिरो खसेका छन् ।

यो सडक खण्डमा माथिबाट ढुंगे पहिरो खस्दा र दुर्घटना भएर पछिल्लो १० वर्षमा करिब ७० जनाले ज्यान गुमाएका छन् ।

१० वर्षको अवधिमा यहाँ १८ वटा बस,७ वटा ट्रक, कार जीप ९ वटा र १९ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पाल्पाको दोभान खण्डसहित देशका विभिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । -अन्लाईनखबर डट कमबाट

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D