बिकासका कुरा

शुरु गर्‍यो चिनियाँ टोलीले रेलमार्गको अध्ययन गर्न

कात्तिक २२, काठमाडौं । नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ ।
काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको हो ।

जिङ र रेल विभागका प्रतिनिधिहरुको टोलीले रसुवागढीदेखि अध्ययन सुरु गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

आजको कारोबारले लेखेको छ, केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे अध्यन गर्न आएको टोलीले सोमबार भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिसँग छलफल गरेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D