बिकासका कुरा

वामी मैदानमा स्वास्थ्य इकाइ स्थापना, ४ दिनमा ८२ जनाले स्वास्थ्य सेवा लिए

अनिश शर्मा गैरे
गुल्मी, कार्तिक २९ । मुसिकोट नगरपालिका वडा नम्बर ८ मा स्वास्थ्य इकाइ स्थापना भएको छ ।

गत श्रावणमा सम्पन्न भएको मुसिकोटको नगर परिषदे पास गरेको योजना अनुरुप अहिले वामी मैदानमा स्वास्थ्य इकाइ सुरु भएको वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।उनका अनुसार आइतबार बाट सुरु भएको स्वास्थ्य इकाइमा अहिले सम्म ८२ जनाले स्वास्थ्य लाभ लिएका छन ।

यो स्वास्थ्य इकाइमा इन्चार्जको रुपमा दिपेन्द्र पोखरेल आएका छन भने जुना कार्कीले भोलुन्टिएरको रुपमा काम गरेका छन । सो स्वास्थय इकाइ अहिले वडा कार्यालय रहेको भवनमा सञ्चालन भइरहेको छ ।

मुसिकोट ७ मा रहेको वामीटक्सार स्वास्थ्य चौकीमा पाइने सम्पुर्ण स्वास्थ्य सेवाहरु त्यहाबाट पाइने भएका छन । वामी बजारमा स्वास्थ्य चौकी हुँदा बिरामी भएको बेलामा धेरै स्थानीयलाइ असहज हुने गरेको थियो । तर अहिले भने पायक पर्ने ठाँउमा स्वास्थ्य इकाइ स्थापना भएको कारण धेरै खुशी भएका छन ।

सो स्वास्थ्य इकाइमा अहिले ४० थरी औषधीहरुको निशुल्क बितरण हुने गरेको छ । अब स्वास्थ्य चौकीको भवन निर्माणको लागि पनि पहल सुरु गरेको वडाध्यक्ष सापकोटाले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D