समाचार

मन्त्री गोकर्ण बिष्टले बडिगाडमा राफ्टिङ गर्ने: सर्वसाधारणलाई पनि खुल्ला, शुल्क ८५० रुपैँया

अनिश शर्मा गैरे
गुल्मी, चैत्र २२ । गुल्मीको मुसिकोट नगरपालिकामा बग्ने बडिगाड नदीमा नयाँ बर्षबाट जलयात्रा शुरु गरीने भएको छ ।
झक्कले एग्रो टुरिज्म रिसोर्ट प्रालिले बैशाख ३ गतेदेखी एक महिना सम्म बडिगाड नदीमा जलयात्रा शुरु गर्न लागेको हो । बैशाख ३ गते नेपालका श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले राफ्टीङ्ग गर्दे जलयात्राको उद्घाटन गर्नेछन् ।

खर्बाङ्ग देखी झेँदी, झेँदी देखी भुवाचिदी तथा भुवाचिदी देखी झक्कले सम्म तीन चरणमा राफ्टीङ्ग गर्न मिल्ने संचालकले जानकारी दिएका छन् । त्यसैगरी लामो समयसम्म जलयात्रा गर्न चाहनेहरुको लागि छुट्टै प्याकेजको ब्यबस्था हुने समेत बताइएको छ ।

राफ्टीङ्गको अग्रिम बुकिङ्ग खुल्ला गरिसकिएको रिसोर्टका अध्यक्ष चुरामणी सापकोटाले बताए । एकजनाको जलयात्राको लागि ८५० रुपैया टिकट शुल्क तोकिएको सापकोटाले बताए ।

हाल ४५० जनालाइ मात्र जलयात्राको अवसरमा दिइने भएको छ । ८ जनाको समुहमा आएमा १० प्रतिशत छुट तथा विद्यार्थीलाइ २० प्रतिशत छुट दिइने भएको छ ।

यस अघि मुसिकोट नगरपालिकाले बडिगाड नदीमा गत पौष १२ गते राफ्टिङ्गको परीक्षण गरेको थियो ।

त्रिशुली नदीमा जलयात्रा गराइरहेको मानध्वज गुरुङ्ग सहितको ७ सदस्यीय बिज्ञ टोलीको उपस्थितीमा बडिगाड नदीमा जलयात्रा गरीएको थियो । सो समुह नै हाल जलयात्राको लागि आउने वडा ७ का अध्यक्ष प्रकाश काफ्लेले बताए ।
बडिगाड नदीमा जलयात्राको प्रशस्त सम्भावना देखिएको जलयात्राको टोलीले निष्कर्ष निकालेका थियो । नदीमा रहेका ठुला ढुंगाहरु मिलाउने र पानीको वहावलाइ केही ब्यबस्थित गर्न सकेको खण्डमा जलयात्राको माध्यमबाट प्रशस्त पर्यटक भित्राउन सकिने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

बडीगाड नदी राफ्टीङ्गको माध्यमबाट पर्यटन प्रर्वद्धन गरी प्रशस्त आम्दानी गर्न सकिने नदी हो । यस सम्पदाको सही सदुपयोग गरी स्थानीय सरकारको आम्दानी वृद्धि गर्ने तर्फ नेतृत्वको ध्यान गएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D