भिडियो

भिडियो: चन्द्र भण्डारीले खुलाए गुल्मीमा कांग्रेस हार्नुका कारण

गुल्मीको सदरमुकाम तम्घासमा सोमबार प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले गुल्मीमा कांग्रेस किन हार्यो भन्ने कुराको खुलासा गरेका छन् । भण्डारीले पत्रकारहरु माझ आफूले जिल्लाको निम्ती धेरै बिकास नयाँ योजनाहरुसँगै बिकासको मोडल तयार गरेपनि अपच भएको बताए । भण्डारीले जनताले दिएको अभिमतलाई सर्बस्वीकार्य रहेको बताए ।

यो निर्वाचनमा नेपाली कांग्रेस कमजोर देखिएको भए पनि संबिधानको कार्यान्वयनको चरण पूरा गर्नु ठूलो सफलता भएको बताए । संबिधानको कार्यन्वयनसँगै निर्वाचनमा जसले जिते पनि हारे पनि जनताको जित भएको बताए । राजनीतिक संक्रमण अन्त्यको लागि नेपाली कांँग्रेसले खेलेको भूमिका अत्यन्तै ठूलो रहेको उनले बताए ।

भिडियोमा हेरौँ उनले के भने:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D