बिकासका कुराभिडियो

भिडियो: गुल्मीमा यसरी बम ब्लास्ट गर्दै सडक बनाउँदै छ नेपाली सेनाले

कालिगण्डकी करिडोर अन्तर्गत गुल्मीको रुद्राबेणीमा नेपाली सेनाले धमाधम काम गरिरहेको छ । करिडोरकै सबैभन्दा अफ्ठेरो साँघुरेको ठुला ठुला चट्टानमा बम बिष्फोट गरेर सडकलाई कम्तिमा पनि १० मिटर चौडा बनाउने काम भैरहेको छ ।

अत्यन्तै डरलाग्दो भिरमा बम बिष्फोट गर्दै सडक चौडा पार्नको लागि अहिले बिभिन्न खण्डमा काम भैरहेको छ । बर्खा लागेपनी ब्लास्टिङ, ड्रिलिङ, कटिङ, वाल उठाउने लगायतका कामहरु एकैचोटी तिब्र गतीमा भैरहेकोले तोकिएको कामभन्दा पहिले नै काम सकिने सम्भावना देखिन्छ ।

कुनै समय अती नै डरलाग्दो भिर साँघुरेले अहिले बिस्तारै चौडा राजमार्ग जस्तो रुप लिँदै छ । असार मसान्तसम्म कटिङको काम सकेर तीज सम्म सडक खुलाउने लक्ष्य रहेको कालिगण्डकी करिडोरका कार्यदल प्रमुख रेश्मिराज भट्टराईले बताउनुभयो ।

भिडियोमा हेरौँ कसरी भैरहेको छ तिब्र गतीमा काम:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D