Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
फिन्ल्यान्ड सरकारको सहयोगमा मुसिकोटमा खानेपानी, १७० घरमा धारा - Gulminews

फिन्ल्यान्ड सरकारको सहयोगमा मुसिकोटमा खानेपानी, १७० घरमा धारा

कौरव खत्री
गुल्मी, २२ माघ । गुल्मीको मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरीएको छ । १ सय ६९ घरधुरीलाइ एक घर एक धाराको अभियानमा जोड्ने गरी सो योजनाको प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद््घाटन पछि बोल्दै सासंद श्रेष्ठले प्रदेश सरकारले अबको तीन बर्ष भित्रमा प्रत्येक प्रदेशबासीको घरघरमा खानेपानी पुर्याउने उद्घोष गरे । खानेपानीको व्यवस्थापन सँगै प्रदेशमा अन्य धेरै बिकासका कामहरु सुरु भइरहेको भन्दै उनले खानेपानीको सदुपयोग गर्न आग्रह गरे । उनले पुराना मुलहरुलाइ सुक्न नदिन आग्रह गर्दै खानेपानीका मुल तथा अन्य प्राकृतिक श्रोतको सदुपयोगमा ध्यान दिन सबैलाइ आग्रह गरे ।

कार्यक्रममा बोल्दै बिशेष अतिथि प्रदेश सभा सदस्य खड्ग केसीले अबकोे समय राजनैतिक लडाइमा भन्दा पनि बिकासका लडाइमा लाग्ने समय आएको बताए । नेपालको भौगोलिक बनावटले गर्दा पनि बिकासका कामहरु गर्न केही असहज भइरहेको भन्दै उनले सबै मिलेर देश निर्माणमा जुट्नुपर्ने दिन आएको बताए । उनले फरक प्रसँगमा पहिलेका पुर्खाहरु निकै बैज्ञानिक भएको भन्दै उनीहरुले बनाएका पानी पौवा, पोखरी हरुको संरक्षण आवश्यक रहेको बताए । अब तीन वटै सरकार मिलेर देश बिकास गर्नुपर्ने उनको भनाइ छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोेटाले बिस्तारै नगरक्षेत्र भित्रका हरेक घरघरमा पानी पुर्याउने गरी कामहरु भइरहेको जानकारी दिदै बिकासका अन्य कामहरु प्नि सञ्चालन गरीरहेको जानकारी दिए ।

सो अवसरमा नेपाली काँग्रेस जिल्ला सचिब बिष्णु कुमारी सापकोटा, फिनल्याण्ड सरकारको तर्फबाट खानेपानी आयोजनाका प्रमुख प्राविधिक सल्लाहकार डा. सान्ना लेना राउतानेन लगायतले बोलेका थिए ।
उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता रहेको थियो भने प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ, प्रदेशसभा सदस्य खड्ग केसी, मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो । भने सञ्चालन खानेपानी आयोजना उपभोक्ता समितिका सचिब देवेन्द्र गुरुङ्गले गरेका थिए ।

मंगलबार उद्घाटन भएको खानेपानी आयोजनाले वडा कार्यालय, तीन बिद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी सहित १ सय ६९ परिवारलाइ लाभान्वित गराउनेछ । पश्चिमनेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण अन्तर्गत नेपाल सरकार र फिनल्याण्ड सरकारद्धारा संयुक्त रुपमा सो खानेपानी आयोजना सम्पन्न गरीएको हो । नेपाल सरकारको ५० लाख १४ हजार १ सय ३९ तथा फिनल्याण्ड सरकारको ५० लाख १४ हजार १ सय ३९ रुपैया, मुसिकोट नगरपालिकाको अनुदान १३ लाख ९२ हजार ८ सय १६ तथा २५ लाख ७ हजार ६९ स्थानीय उपभोक्ताको नगद तथा जनश्रमदान गरी कुल १ करोड ३९ लाख २८ हजार १ सय ६४ को लागतमा सो कार्यक्रम सम्पन्न गरीएकोे हो ।

सोमबार मात्रै मुसिकोट २ देउरालीमा १९६ घरधुरीलाइ खानेपानीको पहुँच पुर्याउने गरी जलकुने सौरपाटा खानेपानी आयोजनाको पनि सासंद श्रेष्ठ सहितको टोलीले उद्घाटन गरेका थिए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D