Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
फलोअप: प्रमाण पत्र लिँदा ३ हजार, प्रतिलिपी निकाल्दा फेरी ३ हजार रुपैँया असुल्दै गाउँको बिद्यालय - Gulminews

फलोअप: प्रमाण पत्र लिँदा ३ हजार, प्रतिलिपी निकाल्दा फेरी ३ हजार रुपैँया असुल्दै गाउँको बिद्यालय

तिलाचन पाण्डे
गुल्मी, बैशाख ४ । प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार रुपैयाँ दिनुपरेको गुनासो आएको समाचार प्रकाशित भए पछी गुल्मीको मुसीकोट नगरपालिकाले आबश्यक कारबाही गर्ने जनाए पनि हालसम्म मौन रहेको छ ।

यो पनि पढ्नुस्: गुल्मीको एक विद्यालयमा प्रमाणपत्रको प्रतिलिपी निकाल्न मात्रै ३ हजार दस्तुर

गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं २ मा रहेको खस्थोक माध्यमिक बिधालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार रुपैयाँ तिर्नुपरेको सोही बिधालयकी छात्रा ईश्मा गाउँपालिका वडा नं ४ का पुर्णिमा नेपालीका बुबा दान बहादुरले गुनासो ब्याक्त गरेको समाचार गुल्मीन्युज डट कममा प्रकाशित भएको थियो ।

यो पनि पढ्नुस्: गुल्मीका ७१ वटा उजुरी अख्तियारमा – कुन कार्यालय अन्तर्गत कती उजुरी? यस्तो छ पुरा बिवरण

नेपालीका अनुसार पहिले प्रमाणपत्र लिँदा तीन हजार दिएर लिएको तर बिबिध कारणले गर्दा प्रतिलिपी निकाल्दा पनि पुन: तीन हजार तिर्नुपरेको बताए । उनले १ बर्ष पहिले छोरीको प्रमाणपत्र निकाली बाग्लुङ कुरियर मार्फत पठाउदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने भएको बताए ।

प्रमाणपत्र हराएकै कारण एक बर्ष खेर गएको र कक्षा नौ को रजिस्टेसन फर्म नै भर्न नपाएको नेपालीले दुःख ब्याक्त गरेका थिए । यसरी प्रमाणपत्र र प्रमाणपत्रको प्रतिलिपी लिदाँ यसरी लिईने रकम अत्याधिक भएको नेपालीले बताउदै दोहोरो मर्कामा आगामी दिनहरुमा कोही पनि नपरुन भन्दै यसरी लिईने रकममा पुनः बिचार गर्न उनले आग्रह गरेका छन् ।

टेर्दैनन् मेयर सापको निर्देशन्

यता मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले आफूले बिधालयमा महँगो शुल्क नलिन र प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार अति भएकाले प्रतिलिपी लिँदा २०० रुपैयाँ सम्म लिन र प्रमाणपत्र लिँदा पाँच सय रुपैयाँ सम्म लिनका लागि निर्देशन दिएको दाबी गरेका छन् ।

स्थानीय स्तरबाट र अभिभाबकहरुबाट रकम धेरै लिएको गुनासो आए पश्चात बिधालयलाई सो बापतकको रकममा कटौती गर्नका लागि निर्देशन दिएको सापकोटाले बताए । तर हाल सम्म सोही रकम लिदै आएको बिधालयका प्रधानाध्यपक कृष्ण सुर्यबंशीले बताए । उनका अनुसार हालसम्म सोही रकम लिदैँ आएका छौ यस शैक्षिकसत्र देखी ब्यबस्थापन समितिको बैठक बसी केही परिमार्जन गर्ने सोचमा रहेको उनले बताए ।

यस आर्थिक बर्षमा ३३ जनाले प्रमाणपत्र लिए, प्रतिलिपी एक जनाले मात्र
बिधालयले यस आर्थिक बर्ष २०७५/०७६ मा ३३ जनाले प्रमाणपत्र लिएको लेखा शिक्षक श्रीराम पोखरेलले जानकारी दिए । उनका अनुसार ३३ जनाले प्रमाणपत्र लिएकोमा प्रति ब्याक्त्ति तीन हजारका दरले ९९ सय हजार रुपैया जम्मा भएको बताए ।

यसरी प्रमाण पत्र लिएको रकम र एक जनाले प्रतिलिपी निकालेको थप तीन हजार गरि कुल एक लाख दूई हजार रुपैयाँ जम्मा भएकोमा सो रकम बिधालयमा राखीएका स्थानीय शिक्षकहरुको तलबमा खर्च गरिएको पोखरेलले बताए । उनका अनुसार बिधालय नीजि स्रोतबाट चलाउनु परेकाले मासिक ७३ हजार रुपैयाँ नीजि क्षेत्रका शिक्षकहरुकै तलबमा खर्च हुन्छ र यसरी बिधालय ब्यबस्थापन समितिले नै निर्णय गरेकाले सोही अनुसार नै शुल्क लिने गरेको उनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D