gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको एक विद्यालयमा प्रमाणपत्रको प्रतिलिपी निकाल्न मात्रै ३ हजार दस्तुर

तिलाचन पाण्डे
गुल्मी, पुष १० । गुल्मीको मुसीकोट नगरपालिका वडा २ मा रहेको खस्थोक माध्यमिक विद्यालयमा प्रमाणपत्रको प्रतिलिपी निकाल्दा रु.३ हजार दस्तुर तिर्नुपरेको एक अभिभावकले गुनासो गरेका छन् ।

सोही विद्यालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ तीन हजार रुपैयाँ तिर्नुपरेको सोही विद्यालयकी छात्रा ईश्मा गाउँपालिका वडा ४ का पुर्णिमा नेपालीका बुबा दान बहादुरले गुनासो गरेका हुन् ।

नेपालीकाअनुसार पहिले प्रमाणपत्र लिंदा पनि आफूले ३ हजार तिरेको र अहिले विविध कारणले गर्दा प्रतिलिपी निकाल्दा पनि पुनः ३ हजार तिर्नुपरेको बताएका छन्।

१ वर्ष पहिले छात्राको प्रमाणपत्र निकाली बाग्लुङ कुरियर मार्फत पठाउँदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने भएको बुबाले जानकारी दिए ।

प्रमाणपत्र हराएकै कारण उनले १ वर्ष खेर गएको र कक्षा नौ को रजिस्टेसन फर्म नै भर्न नपाएको जनाएका छन् ।

विद्यालयका प्रधानाध्यापक कृष्ण सुर्यबंशीले भने विद्यालय ब्यवस्थापन समितिले गरेको निर्णयका आधारमा लिइएको बताएका छन् ।

ब्यबस्थापन समितिको निर्णय अनुसार कक्षा ५ सम्म्को प्रमाणपत्र निकाल्दा दुई हजार र ६ देखि ८ सम्मकालाई तीन हजार लाग्ने गरेको हो ।

पुर्णिमाको प्रमाण पत्र निकाल्दा पहिले ३ हजार र प्रतिलिपि लिँदा पनि ३ हजार गरि ६ हजार लिएको सुर्यबंशीले स्विकार गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D