gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका ७१ वटा उजुरी अख्तियारमा: कुन कार्यालय अन्तर्गत कती उजुरी? यस्तो छ पुरा बिवरण

तिलाचन पाण्डे
गुल्मी, बैशाख ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलमा गुल्मीका ७१ वटा उजुरीहरु परेको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्: प्रमाण पत्र लिँदा ३ हजार, प्रतिलिपी निकाल्दा फेरी ३ हजार रुपैँया असुल्दै गाउँको बिद्यालय

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सुचना अधिकारी शुरेस भुसालका अनुसार फागुन मसान्त सम्ममा शिक्षासंग संबन्धीत २१ वटा, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग संबन्धित २२ वटा, भूमी सहकारी तथा गरिबी निवारण मन्त्रालय संग संबन्धित २, भौतिक पुर्वाधार तर्फ १० र बन तथा बाताबरण तर्फ २ वटा उजुरी परेका छन् ।

त्यस्तै स्वास्थ्य तर्फ १, गृह मन्त्रालय तर्फ १, उर्जा जलस्रोत सिंचाई तर्फ ७, संस्कृती पर्यटन तथा नागरिक उड्यान अन्तर्गत १, खानेपानी तर्फ १ र कृषि तथा पशुपंछी अन्तर्गत ३ गरि कुल ७१ वटा उजुरी परेको भुसालले जानकारी दिए ।

कर्मचारी नियुक्तिमा धेरै उजुरी, दलिय हस्तक्षेप प्रमुख
कुल ७१ वटा उजुरी मध्ये २२ वटा कर्मचारी नियुक्ति, दलिय हस्तक्षेप लगायतका उजुरी परेको कार्यलयले जनाएको छ । शिक्षा क्षेत्रमा कुल २१ मध्ये भबन निर्माणमा अनियमितता, छात्रबृत्तीको रकममा हिनामिना भएको उजुरी परेको छ ।
यसैगरि भौतिक पुर्वाधार तर्फ सडक निर्माणमा अनियमितता , आर्थिक चलखेल तगायतमा १० वटा उजुरी परेको भुसालले बताउनुभयो ।

उता बिद्युत, सिंचाई र कमसल खालका पोलहरु खरिद गरेको भन्दै ७ वटा उजुरी परेको हो । जम्मा ७१ वटा उजुरी मध्ये अहिले सम्म ३२ वटा मात्र उजुरीहरुको फरस्यौट भईसकेको समेत सुचना अधिकारी भुसालले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D