gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका केन्द्रीय नेताले आफ्नो पालिकामा बिरासत गुमाउँदै

टोपलाल अर्याल
गुल्मी, जेठ ०३ । गुल्मीको रूरू क्षेत्र गाउँपालिका नेकपा एमालेको किल्ला हो । जुन पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो । कांग्रेस-माओवादीको चुनावी गठबन्धनबीच एमालेले स्थानीय तह निर्वाचनको फेस गर्‍यो । गठबन्धनको तर्फबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र एमालेको तर्फबाट हिमाल श्रेष्ठबीच निकै प्रतिस्पर्धा चल्यो । तर, अन्ततः गठबन्धनका तर्फबाट ज्ञवालीले प्रमुखमा श्रेष्ठलाई पराजित गरे ।

ज्ञवालीको पाँच हजार आठ सय १७ र श्रेष्ठको चार हजार पाँच सय ४० मत रहेको छ । दुई सयदेखि एक हजारसम्म लिड हुने एमालेका पकड क्षेत्रमा समेत झिनो मतान्तर हुँदा श्रेष्ठलाई ज्ञवालीले एक हजार दुई सय ७७ बढी मतले पराजित गरेका थिए । जसका कारण नयाँ शक्तिका रूपमा माओवादी केन्द्रका यदु ज्ञवालीले रूरू क्षेत्र गाउँपालिकाको नेतृत्व पाए । एमालेले रूरूमा उपाध्यक्षसहित बहुमत वडामा विजय हासिल गरेको छ । पालिकाबाहेक प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्ने गुल्मीदरबार, चन्द्रकोट, कालीगण्डकी र रेसुंगा एमालेले गुमाएको छ ।

नेकपा एमालेका नेता गोकर्ण विष्ट

पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टको इस्मा गाउँपालिकामा पनि कांग्रेसले प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेको छ । एमालेलाई तीन–चार सय मतले अग्रता दिलाउने वडाहरूको निराशापूर्ण मतका कारण तीन दशकदेखि वर्चश्व कायम राखेको इस्मा एमालेले गुमाएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा एसीलाई एक सय २५ मतान्तरले पराजित गरे ।

खड्काको पाँच हजार पाँच सय ८९ र एसीको पाँच हजार चार सय ६४ मत रहेको छ । उपप्रमुखमा कांग्रेसकै पार्वती कुँवरले एक कार्यकाल राम्रो काम गरेकी विमला खत्रीलाई सात सय ८८ को ठूलो मतान्तरले पराजित गरेकी छिन् । कुँवरले पाँच हजार नौ सय नौ र खत्रीको पाँच हजार एक सय २१ मत रहेको छ । पूर्वमन्त्री गोकर्ण विष्टको पालिकासँगै मदाने, मालिका र रेसुंगा एमालेले गुमाएको छ ।

नेपाली कांग्रेस नेता डाक्टर चन्द्र भण्डारी

कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको छत्रकोट गाउँपालिकामा एमालेका रामप्रसाद पाण्डेय विजयी भए । उनले गठबन्धनका अनन्तराम पौडेललाई ६ सय ३८ मतान्तरसहित पराजित गरे । पाण्डेयको ६ हजार पाँच सय ८६ र पौडेलको पाँच हजार नौ सय ४८ मत रहेको थियो । उपप्रमुखमा एमालेकी सावित्रा ज्ञवालीले गठबन्धनका गुमानसिंह पुनमगरलाई पराजित गरिन् । ज्ञवालीको ६ हजार चार सय ७२ र पुनको पाँच हजार एक सय २४ मत रहेको छ ।

भण्डारी र पौडेलको गाउँबाटै गठबन्धनमा सोचेको मत नआएपछि कांग्रेसवृत्तमा चर्को आलोचना भइरहेको छ । कांग्रेसले गत स्थानीय तहमा विजयी सत्यवती गाउँपालिका गुमाएको छ । धुर्कोटमा एमाले–कांग्रेस गठबन्धनबीच एकीकृत समाजवादीसँग तालमेल गरेको कांग्रेसले एउटा वडामा चित्त बुझाउनुपरेको छ । ठूलो कसरत र गठबन्धनबीच पनि मुसिकोट कांग्रेसले गुमाउनुपरेको छ । कांग्रेस रेसुंगा, इस्मा, मदाने, गुल्मीदरबार र कालीगण्डकीमा विजयी भएको छ ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री

सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीको पालिका मदाने हो । मदानेमा समाजवादीका कुनै उम्मेदवार थिएनन् । समाजवादीले धुर्कोट र मुसिकोटमा उपप्रमुख पाएको थियो । तर, धुर्कोटमा उपप्रमुख चन्द्र सुनार दुई हजार पाँच सयभन्दा बढी र मुसिकोटको उपप्रमुख श्रीराम महत ६ सय ८८ मतान्तरसँगै पराजित भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D