बिकासका कुरा

धुर्कोटमा पशु विकास कार्यालयको भवन हस्तान्तरण

हुमाकान्त पोखरेल
गुल्मी, १४ फागुन । धुर्कोट गाउँपालिकालाई पशु सेवा विकास कार्यालयको भवन हस्तान्तरण गरिएको छ । किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमले बनाएको भवन सोमबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । धुर्कोट गाउँपालिका वडा नम्बर ६ नम्बर धुर्कोट रजस्थलमा कुल ३६ लाख ८१ हजारको लागतमा भवन निर्माण गरिएको थियो ।

जिल्ला कृषि विकास कार्यलयका प्रमुख चक्रपाणी पन्थीले गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई भवनको साँचो हस्तान्तरण गरेका थिए । भवनसँगै फोटोकपी मेसिन, कम्युटर, प्रोजेक्टर लगायतका सामाग्रीहरु पनि हस्तान्तरण गरिएको छ । गाउँपालिका गठनपछि पशु सेवा कार्यालय पक्कि भवनमा बस्ने धुर्कोट गाउँपालिकाको पहिलो सरकारी कार्यालय बनेको छ । कृषकलाई पशुपालनमा आकर्षित बनाई मासु उत्पादनमा बृद्धि गर्ने र किसानको आय–आर्जनमा बृद्धि गर्ने उदेश्यले भवन प्रदान गरिएको सँस्थाका उपनिर्देशक तुल्सीराम भण्डारीले बताए ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका उपप्रमुख शिव खत्रीले भवन बनाइदिने सँस्थाप्रति आभार ब्यक्त गरे । भवन महिना को अवधिमा १ रोपनी जग्गामा निर्माण गरिएको हो । स्थानिय समाजसेवी लोक बहादुर थापाले भवन बनाउन निशुल्क जग्गा प्रदान गरेका थिए । कार्यक्रम धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता तथा पशु विकास शाखाका प्रमुख श्याम कार्कीको संचालनमा सम्पन्न भएको हो । सँस्थाले आइतबार गुल्मीको इश्मा गाउँपालिकालाई चौरासीमा निमार्ण गरिएको कृषि सेवा केन्द्र भवन हस्तान्तरण गरेको थियो । सँस्थाकै लगानीमा छत्रकोट गाउँपालिकाको लुम्छा र चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा कृषि र पशुवेवा भवन निर्माणधिन छन् ।

त्यसका साथै सत्यवतीको रुद्रावेणीमा पनि १५ लाखको लगानीमा खसीबोका संकलन केन्द्र निर्माण गर्न लागिएको सँस्थाका उपनिर्देशक भण्डारीले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D