बिकासका कुरा

दर्लामचौरमा पुस्तौँको खानेपानी संकट टर्यो, स्थानीय भन्छन्: जुग फेरियो

टोपलाल अर्याल
गुल्मी, १५ जेठ । लक्ष्मण खत्रीले ६७ बर्ष पानी बोकेरै बिताए । खानेपानीकै लागि हस्तिचौरको छहरादेखि दोहलीको गौडा पुग्न पर्थ्यो । त्यो बेला वस्तु–भाउ धेरै हुन्थे । थोरै पानीले पुग्दैन्थयो । घामको झुल्को पहिले एक खेप र त्यसपछि अर्को खेप पानी मुस्किलले आउँथ्यो । खत्रीले कुटानी पिसानीसंगै पानी ल्याउनु पर्ने भएकाले महिलाहरुलाई झन समस्या भएको बिगत सुनाए ।

‘खानेपानी आएपछि दर्लामचौरका नागरिकले जुग फेरिएको महसुस गरेका छन्,’उनले भने,‘ पन्ध्र दिन अघिसम्मकै अवस्थानै निकै पीडादाय रह्यो ।’ सोहि स्थानका ज्योतिराज कुवरसंग पनि खानेपानीसंग जोडिएका थुप्रै बिगत छन् । बिहान एक खेप पानी लिएर स्कुल पुग्ने र फर्केपछि पनि पानी बोक्नुनै आफुहरुको काम भएको स्मरण गरे । यो पानी लिफ्ट प्रविधि मार्फत संचालनमा आएकाले स्वभाविक रुपमा महङ्गो छ । पानीकै कारण काकाकुल बन्ने अवस्था भएकाले केहि परिवार बाहेक अधिकांशलाई पानीको बिल तिर्न कुनै समस्या नरहेको दर्लामचौरकै युवा कृष्ण पाण्डेयले बताए । उनले बिपन्न परिवारको बिषयमा भने तीन वटै सरकारसंग माग राखिएको पाण्डेयले बताए ।

खानेपानीले दैनिकी फेरियो

इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले घरको जिम्मेवारीमा महिला हुने भएकाले खानेपानी योजना सफल भएपछि महिलाहरु बढि खुसी भएको बताइन् । ‘घण्टौ पानी बोकेर मेलापात गर्ने दिदि बहिनीहरुको मुहारमा अहिले खुसी देख्न पाएका छौ,’उनले भनिन,‘पानी प्रयाप्त भएपछि तरकारी खेतिदेखि व्यक्तिगत सरसफाई र आनीबानीमा परिवर्तन भएको छ ।’ इस्मा गाउँपालिका ३ दर्लामचौरका नागरिकले थुप्रै पुस्ता खानेपानीको चरम संकट झेले ।

सडक छेउको धारोमा पालो कुरेका सयौ गाग्रोसहितको तस्विर र नागरिकका पीडा पत्रपत्रिकामा निकै छापिए । त्यहाँका नागरिक एक गाग्रो पानीका लागि घण्टौ हिडेर पधेरा पुग्नुपर्ने बाध्यता थियो । एक बिहानमा बल्ल–बल्ल बोकेको एक गाग्रो पानीले घाँटी चिसो पार्नु बाहेक अर्को बिकल्प थिएन् । नजिक खानेपानीका मुहान छैनन् । मालिका गाउँपालिका ५ छापबाट ल्याएको भुल्ने खानेपानीले थेग्न सकेन् । जसका कारण इस्मा गाउँपालिकाका दोहली र रजस्थललकाभन्दा दर्लामचौरका नागरिकहरुले खानेपानीको समस्या धेरै भोग्न बाध्य भए ।

सात सय घरमा खानेपानी

स्थानीय, प्रदेश र तथा केन्द्रको निर्वाचनमा दर्लामचौरका नागरिकले प्रमुख माग खानेपानी बनाए । पुर्वमन्त्री गोकर्ण बिष्टले संघिय बजेट मार्फत ढाँडखोला–दर्लामचौर लिफ्टिङ्ग खानेपानी योजना अगाडी सारे । खानेपानी कार्यालय गुल्मी मार्फत अहिले त्यो योजनाको सफल परिक्षण भएको छ । ‘एक घर एक धारा’ को केहि काम भए पनि अहिले पाइप लाइन मार्फत घर–घरमै पानी पुगेको इस्मा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटाले बताए । यो योजना सफल भएपछि दर्लामचौरका पाँच सय घर परिवार तत्काल लाभाम्बित भएका छन् । अझै ‘एक घर एक धारा’ को काम बाँकी भएकाले दर्लामचौर र हस्चिौरका करिव सात सय घर परिवारमा खानेपानी पुग्ने सापकोटाले बताए ।

सात करोडको खानेपानी योजना

खानेपानी मुलको बिषयमा केहि समय निकै बिवाद चल्यो । मुलकै बिषयमा खेतवालाको कुटाई खाएको खानेपानी योजना उपभोता समिति अध्यक्ष प्रेम भुसालले तितो स्थार्थ सम्झिए । उनले अत्यन्त अप्ठ्यारो ठाउँमा काम गर्नुपर्ने अवस्था भएकाले खानेपानी कार्यालय र उपभोक्ताको साथ र सक्रियतामा काम योजना सफल भएकोमा खुसी व्यक्त गरे । सात करोडको यो खानेपानी योजनाको अहिलेसम्म करिव तीन करोडको काम सम्पन्न भएको छ । सात वटा ग्रिट च्याम्बर मार्फत पानी फिल्टर गर्ने, एक÷एक लाख लिटरका दुई र दुई लाख लिटरको एउटा टयांकी निर्माण गरेर खानेपानी लिफ्ट गर्ने काम सम्पन्न गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर प्रकाश न्यौपानेले जानकारी दिए । उनले यो बर्ष जिल्लाका विभिन्न स्थानमा कार्यालय मार्फत १८ वटा खानेपानी योजना लिफ्ट भएको बताए ।

घर–घरमै पानी पुर्याउने लक्ष्य

इस्मा गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई अगाडी बढाएको छ । जसमा ग्राभेटी र लिफ्ट दुई प्रविधी मार्फत सवै घरमा खानेपानी पु¥याउने काम भइरहेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले जानकारी दिए । उनले कोरोना संक्रमणको कारण बर्ष काममा केहि असहजता देखिएकाले आगामी बर्षका लागि पनि कृषि र खानेपानीलाईनै प्राथमिकता दिएर आफुहरुको कार्यकालमै घर–घरमा खानेपानी पु¥याउने बताए । अहिलेसम्मा वडा नं १ मा गंगरे लिफ्टिङ्ग खानेपानी योजना, वडा नं २ मा सिदुङखा र पालुखा लिफ्टिङ्ग खानेपानी योजना, वडा नं ३ मा ढाँडखोला–दर्लामचौर र आठमाने लिफ्टिङ्ग खानेपानी योजना, वडा नं ४ मा अधेरी र डाँटेका रह लिफ्टिङ्ग खानेपानी योजना र वडा नं ५ मा दुई वटा लिफ्टिङ्ग खानेपानी योजनाहरु अगाडी बढेको बिष्टले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D