भिडियो

ड्रोनबाट खिच्दा देखिने यती सुन्दर गुल्मीको कुन ठाउँ होला ? (भिडियो)

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस मालिका मन्दिरको नामबाट ‘मालिका गाउँपालिका’ नामकरण गरिएको हो ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट करिब ४० किलोमिटर उत्तर तर्फको यात्रा गरेपछि यस गाउँपालिकाको कार्यालय पुग्न सकिन्छ. यधपी सदरमुकाम बाट करिब २० किमी को यात्रा पछि मालिका गाउँपालिका मा प्रवेश गर्न सकिन्छ. जिल्लाका जम्मा १२ वटा स्थानीय तह मध्ये यस मालिका गाउँपालिकाको जनसंख्या जम्मा २१७२९ रहेको छ, यस गाउँ पालिकामा साबिकका ८ वटा गा वि रहेका छन्।

मालिका गाउँपालिका वडा नं. ८ को कार्यालय मर्भुङ्ग सिमलटारीमा रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या ३८२१ मध्ये महिला २१०८ र पुरुष १७१३ रहेका छन् क्षेत्रफल १४.६५ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ८८३ छ ।

हेरौँ सिमलटारी बजार र ढाव आसपासको एरिअल भ्यु:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D