समाचार

चितवनमा गुल्मी विश्वकर्मा मैत्री समाज गठन, अध्यक्षमा युवराज

अमिर रामदाम
चितवन, वैशाख १६ । चितवनमा गुल्मी विश्वकर्मा मैत्री समाज चितवन गठन भएको छ ।
सोमबार सम्पन्न भेलाले युवराज सुनारको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

सदस्यहरूमा कृष्ण सुनार बराली, अशोक विश्वकर्मा, प्रकाश पन्थी, विवेक पन्थी, लक्ष्य सुनार, मञ्जु लामिछाने, सुष्मा सुनार, लक्ष्मण गजमेर, सोचना विश्वकर्मा, विष्णु बहादुर विक, माधव सुनार र सदस्य सचिवमा सुमन सुनार रहेका छन् ।

भेलाले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसको सदस्यहरूमा प्रेम कुमार सुनार, रविन्द्र पन्थी, मोहन पन्थी, ऋतु सेन्चुरी र शिवलाल सुनार रहेका छन् । कार्यक्रममा गुल्मीबाट बसाई सराई गरि आएका, जन्म थलो, कर्म थलो, पुर्ख्यौली थलो भएका विश्वकर्माहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई उद्घाटन गर्दै समाजसेवी प्रेम कुमार सुनारले एकता नै आजको मुख्य आवश्यकता रहेकोले हामी एकहुन जरूरी रहेको बताए । उनले भने हामीले पुर्ख्यौली थलोको संरक्षण र प्रवर्द्धन गर्नु सबैको दायित्व रहेकोले यस संस्था मार्फत कार्य सम्पादन गर्न अनुरोध गरे । कार्यक्रममा सुनचाँदी व्यवसायी मोहन पन्थी, ऋतु सेन्चुरी, भूपू सैनिक शिवलाल सुनारले मन्तव्य राखेका थिए ।

नवनिर्वाचित तदर्थ समितिलाई समाजसेवी प्रेम कुमार सुनारले सपथ ग्रहण गराएका थिए । कार्यक्रम युवराज सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D