भिडियो

गुल्मी पुगेर बद्रि पंगेनीले प्रिती आलेलाई स्टेजमै बुढो खोजिदिए – दोहोरी घम्साघम्सी

चर्चित लोकदोहोरी गयक बद्री पंगेनीले गुल्मीको एक कार्यक्रममा पुगेर गायिका तथा बेलिडान्सर प्रिती आलेलाई दोहोरी गीत मार्फत बुढो खोजिदिएका छन् । मुसिकोट नगरपालीका वडा नं ६ स्थित भुवाचिदीमा रहेको त्रिभुवन माविको स्वर्ण महोत्सवको साँस्कृतिक कार्यक्रमको दोहोरी घम्साघम्सीमा पंगेनिले आलेलाई बुढो खोजिदिएका हुन् ।

यही फागुन ३ गते देखी ७ गते सम्म चलेको स्वर्ण महोत्सवको राष्ट्रपती बिद्यादेवी भण्डारीले ४ गते उद्घाटन गर्नुभएको थियो । “गुणस्तरीय प्राविधिक शिक्षा, नमुना बिद्यालय हाम्रो प्रतिबद्दता” भन्ने मुल नाराको साथ मनाउन लागिएको स्वर्ण महोत्सव पछी बिद्यालयले प्राविधिक तर्फ कम्प्युटर र नेपाल सरकार सहयोगमा नमुना बिद्यालय बनाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा बद्री पंगेनी र प्रिती आलेका अलावा शान्तिश्री परियार, रामचन्द्र चन्द, शिव हमाल, कुशल बेल्वासे, पुरुशोत्तम भण्डारी (पुर्खे बा), पवित्रा सर्तुङ्गे, कृष्ण गुरुङ, कुशुम परीयार, बिष्णु श्रीपाली, दिपक परीयार लगायतले प्रस्तुती दिएका थिए ।

हेरौँ बद्री पंगेनी र आलेको ठट्यौली दोहोरी घम्साघम्सी:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D