भिडियो

गुल्मीमा यस्तो बिजोग अवस्थामा भेटिए यि वृद्ध बुवा, श्रीमतीले नि छोडिन् (भिडियो)

गुल्मी, मंसिर २८ । हामी प्राय बैदेशिक रोजगारमा के को लागि जान्छौ ? कमाउन, परिबार पाल्न र आफनो भबिष्य बनाउन हामी सबैले यहिनै सोचेर धेरै आश गरेर बिदेशतिर हानिएका हुन्छौ । हो आज हामी गाउमा रहेर यस्तै आश बोकेर बिदेश गएका एक बृद्व बुवाको बारेमा बताउँदैछौ । उनी केही बर्ष अघि भारत गए रोजगारीको शिलशिलामा सानो परिबार लिएर तर त्यहा ठूलै दुर्घटनामा परे । जसबाट उनका खुट्टामा फलामको रड राख्नुपर्ने भयो ।

यस्तो भएपछि आम्दानी हुन छाड्यो उनी नेपाल फर्किए तर नेपाल फर्किए लगतै गरिब अवस्था भएपछि श्रीमती पनि बच्चा लिएर अर्कैसँग टाप कसिन् । दु:ख माथि दु:ख थपियो । गाँउमा फर्किदा न त घर थियो न त बाँकी सम्पत्ती । त्यसपछि उनी बाख्रा पनि अटन नसक्ने घरमा बस्न थाले एक्लै ।

यि बुवा हुन गुल्मी मालिका गाउपालिका सिमलटारी माथिको बस्तीमा रहेको गाउँका रामु बिक जो अहिले यस्तो दर्दनाक अवस्थाबाट गुज्रीरहेका छन् । धेरै आश बोकेर बिदेश गएका उनी यस्तो अवस्थामा फर्किँदा जो कोहीको चित दुख्छ तर यिनलाई यस्तो परिस्थितीमा चित्त बुझाउने न त श्रीमती साथमा थिईन् न त आमाबुवा, परिबार, इष्टमित्र नै । गाँउ फर्किदा किन आएछु भनेर धेरै रोए पनि पनि ।

हेर्नुस यो भिडियो रिपोर्ट:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D