gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

गुल्मीको मोबाईल पसलबाट मोबाईल र नगद चोरी, बढे चोरीका घटना

मनोज कार्की
गुल्मी, माघ ९ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिर भानुपोखरामा रहेको देबिस्थान मोबाइल पसल तोडफोड गरि मोबाइल र नगद चोरी भएको छ ।

बुधबार साँझ पसल बन्द गरि घरमा गएको समय पारी अज्ञात समुहले राती पसलको ढोका तोडफोड गरि नगद, मोबाइल सेट, ब्लुतुथ हेडसेट लगायतका इलेक्ट्रोनिक्स सामानहरु चोरी गरेको देबिस्थान मोबाइल पसलका ब्याबस्थापक जयलाल पन्थीले जानाकारी दिएका छ्न ।

बिहिवार बिहान पसल खोल्न आउँदा पसलको ताला सरियाले हानेर तोडेको देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको स्थानीय नवीन कार्किले बताए । पसलमा भएको चोरि घटनाको मर्भुङ्ग सिमलटारी प्रहरीले घटनाको मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।भानुपोखरा बजारमै रहेको देबिस्थान मोबाईल पसलमा यस्तो चोरीको घटना हुदा स्थानीय बासिमा त्रास फैलिएको छ ।

पौष ९ गते घमिरकै वडा कार्यालय तोडफोड गरिएको थियो । त्यति मात्र होइन केही समय अघि घमिर स्वास्थ्य चौकिको बार पनि भत्काईएको थियो । पछील्लो समय घमिरमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर अहिले सम्म कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D