gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको बिद्यालयमा अक्षयकोष खडा गर्ने जापानी नागरिकलाई बुटवल पुगेर सम्मान गरियो

बुटवल । मुसिकोट–७ स्थित महेन्द्र आर्दश माविले जापानी नागरिक नोबुबो कोवायासीलाई सम्मान गरेको छ । विद्यालयमा १० लाखको अक्षयकोष खडा गरेका कोवायासीलाई मंगलबार बुटवलमा विद्यालयले सम्मान गरेको हो । कोबायासीले आफ्नी श्रीमती रेइओ कावायासीको सम्झनामा २०७० मा विद्यालयमा १० लाख १० हजार रूपैयाँ बराबरको अक्षयकोष खडा गरेका थिए ।

गुल्मीमा प्रदेश सांसद खड्गप्रसाद केसीले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै केसीले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न राज्यले नयाँ नयाँ कार्यक्रमहरू ल्याउन आवश्यक रहेको बताए । उनले विद्यालयका अक्षयकोष खडा गर्ने कावायासीको प्रशंसा गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन केसी, विद्यालयका पूर्व प्राधानाध्यापक भीमलाल सापकोटा, प्रअ वुद्धिराम शर्मा, शिक्षक मृगेन्द्र प्रसाद रिजाल लगायते बोलेका थिए । सो अवसरमा विद्यार्थीहरू निलेश श्रेष्ठ, सुरज आचार्य, विष्णु बस्नेत, निशा केसीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D