समाचार

गुल्मीका १७ वर्षीय बसन्त थापा भारतको दिल्लीदेखि बेपत्ता

भरत पौडेल
नयाँ दिल्ली, २७ बैशाख । गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा न ५, रजस्थल निवासी १७ वर्षीय बसन्त थापा भारतको राजधानी दिल्लीदेखि बेपत्ता भएका छन् । अशोक विहार, दिल्लीबाट दिदीको घर गुरुग्राम, हरियाणाका लागि गत २ मे तारिखका दिन हिँडेका थिए । एक हप्तादेखि सम्पर्कविहिन भएका थापाको अहिलेसम्म केही पत्तो लागेको छैन।

बसन्तको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक हुनाले १७ वर्षको कलिलो उमेरमा देश छोडी वैदेशिक रोजगारीका लागि ८ महिना पहिला भारतमा आएका थिए । सुरुवाती अवस्थामा उनी दिदीको घर गुरुग्राममा बस्दै आएका थिए । गत ३ महिना देखि दिल्लीको अशोक विहार स्थित ढावा होटेलमा कुकको सहयोगीका रुपमा काम गर्दै आएका थिए।

बसन्तको केहि दिन पहिला नै मोबाईल हराएको हुनाले उनीसँग सम्पर्क गर्ने कुनै माध्यम छैन । पीडितका दाजु धनु थापाले बताए अनुसार उनको दिल्लीमा कोही पनि आफन्त नभएको र उनि एकदमै सरल व्यक्तित्व हुनाले कसैसँग दुश्मनी हुन सक्ने सम्भावना नरहेको जानकारी दिए ।

जानकारीको अभावले गर्दा बसन्तका आफन्तले अहिले सम्मपनि राजधानी दिल्लीमा बसन्त थापा हराइरहेको रिपोर्ट प्रहरी चौकीमा गरेका छैनन् । कलिलो उमेर, बिदेशको भूमिमा घरको कान्छो छोरा यसरी एक्कासि सम्पर्क विहिन हुँदा नेपालमा रहेका आमा बुवा चिन्तामा परेका छन् ।

बसन्तका दाजु गुरुग्राममा स्थित होटेलमा काम गर्छन छन् । जानकारीको अभावले गर्दा भाइको खोजतलास सरकारी निकायद्वारा कसरी गर्ने थाह छैन । परिवारले भारतस्थित नेपाली समाज तथा डिसी नेपालमार्फत बसन्तलाई खोज तलास गरिदिन आग्रह गरेका छन्।

बसन्त थापासँग सम्बन्धित कुनै पनि जानकारी भएमा यो नम्बरमा जानकारी गरिदिन अनुरोध छ।

धनु थापा (बसन्त थापाका दाजु) ८८००४३८४३६, ९७१७३६९०४७

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D