gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गाउँमै सुरु भयो सिभिल ईन्जिनियरिङ पढाई, विद्यार्थी र अभिभावक उत्साहित

गुल्मी, बैशाख २७ । गुल्मीको छत्रकोट गाउँपालिमा पहिलो पटक प्राबिधिक बिषय अध्यापन सुरु भएको छ ।आत्मबोध माध्यमिक बिद्यालय छत्रकोट गाउँपालिका बडा नम्बर ५ मानकोट गुल्मीमा यसै नयाँ शैक्षिकसत्रबाट कक्षा ९ देखी १२ सम्म सिभिल ईन्जिनियरिङ बिषय अध्यापन सुरु गरिएको हो ।

प्राबिधिक बिषय अध्यापन सुरु भए पछि अभिभावक बिध्यार्थी उत्साहित भएको बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुलसिराम पन्थले बताउनुभयो ।
प्राबिधिक बिषय अध्यापन गर्न सम्पुर्ण आवस्यक तयारी, जनशक्ती एवं पूर्वाधार प्रयाप्त भएको र विद्यार्थी संख्या पनि राम्रो रहेको प्रधानाध्यापक बिष्णु प्रसाद ज्ञवालीले बताउनुभयो ।

कक्षा ९ देखी १२ सम्म सिभिल ईन्जिनियरिङ्ग बिषय अध्यन गर्दा विद्यार्थीले १ हजार पुर्णङ्कको अध्यन गर्नेछन् । १२ कक्षा उत्तिर्ण हुँदा सम्म विद्यार्थीले सिप सहितको १२ उत्तिर्णको प्रमाणपत्र प्राप्त गर्नेभएकोले त्यसपछि साधारण र प्राबिधिक जुनसुकै बिषय रोजेर पढन पाउने भएकोले अभिभावक विद्यार्थीहरु आकर्षित भएको प्रधानाध्यापक ज्ञवालीले बताउनुभयो । -रुरु एफ.एम

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D