बिचार

खतरनाक मदिरा: तीनै जना नारीको आँखामा आँशु नै आँशु देखेँ

-टोपलाल अर्याल
पाटाको कुनाबाट उठेर आएँ । घर गए मर्छुकी भन्ने डर सर । दिनभरको कामले लखतरान ज्यान । घरमा अन्नको गेडा छैन् । आफुले काम पनि गर्दैनन् । काम गर्ने पनि ढुक्कले बाँच्न मुस्किल प¥यो । आँखाका डिलमा आँसु अडिएनन् । रुदै भाउजुले भनिन,’रातदिन रक्सी धोकेर कुट्छ ! कति पटक आत्महत्याको योजना समेत बनाएँ । हिम्मत आएन, मैले सोचे म मरेर लालाबाला के गर्ने सर । मैले यो पीडा घर आएको बेला धेरै सुने । आँखाका आँसु देखेर चिन्ता नगर्नु भन्नेनै उत्तर दिन्थे । उनले सवेरैबाट अबेरैसम्म अडिएर सास फेर्दिनन् । धन्न बलिया पाखुरी पाइछन् । कर्मले सवैको प्यारी छन्, गाउँमा । बिचरीलाई श्रीमानको कमाई खाने आशा म¥यो । पीडा नदिए, पुण्य सम्झनछिन् ।

छिमेकी र गाउँका ठुलाबडा कोहि छैनन्, उनको गुनासो नसुनेको । स्वार्थी दुनियाँलाई के मतलत त्यो उसको समस्या । पत्रकारिताको १२ बर्षे दौरानमा मैले विभिन्न खाले समाज भोगे । पहिलेका आमा र भाउजु पीडा लुकाएर मरे । बरु अहिलेका आमा र भाउजुहरु पीडा सुनाएर रोहिरहेछन् । यी महिलानै मैले हेडिङ्गमा देखाएका तीन महिला मध्येकी एक हुन् । जो समाजमा पीडित छन्, उनलाई मात्रै औधी थाहा छ । मदिरा सेवनको दर्द के हो ।

दोस्रो पात्र
बुधबार बिहान इस्माको रातचौरमा पनि एक महिला मदिरालेनै रोएको भेटाएँ । उनी अल्ली फरक पात्र हुन् । प्रसंग इस्मा गाउँपालिकाले अनुगमन हो । रातचौर बजार अनुगमन थालियो । पहिलो नजरनै होटल प¥यो । अनुगमन टोलीको ध्यान खाद्य पदार्थसंगै घरेलु मदिरामा भएकाले पनि चेकिङ्ग थालियो । घरबेटीले मदिरा नभएको बताइरहिन् । तर टोलीले चुलोमै घरेलु मदिरा फेला प¥यो । उनको बोली बन्द भयो । आलाटाल र अनुनय थालिन । त्यतिकैमा अनुगमन समिति संयोजक बिमला केसी आइपुगिन र ठाडो निर्देशनमा टोलीले मदिरा मुचुल्का ग¥यो र गाडीमा राख्यो । दुई टोली भएकाले अर्को टोली पनि बजारमै व्यस्त थियो । चेकिङ्गै अर्को घरबेटी पनि महिला हुन् । घर खानतलासीकै हुँदै थियो । घरबेटी मदिरा नभएको चलाखी देखाउँदै थिएन् । टोलीले पत्याएन, झण्डै सय बढि लिटर मदिराको कच्चा पदार्थ फेला प¥यो । बचाउँन उनले हरतरह गरिन् । दुवै महिलाको आँखामा आँसु थिए । तर संयोजक केसी र अन्य सदस्यको मन फर्किन ।

कुहिएको अन्न (पास) संगको सम्बन्धले बर्सिएका आँसु र मदिरा सेवन गरेर श्रीमानको कुटपीटबाट बगेका आँसुको अर्थ फरक छन् । कसैले भने कठै ! केहिले माफँ दिउँ । मैले सोचे यी दिदिबहिनीहरु नकुटीएका होलान् र ? त्यहि गाउँको सडक छेउँमा पछौरीले मुख छोपेकी आबैले कुरा खोलिन् । ‘कैयन रात गुहार माग्छन्, बेच्नेनै थुप्रै पटक कुटिएको देखेका छौ । मैले मदिरा लगेकाले रोएकी दिदितिर फेरी फर्किएर हेरे र मनमनै भने आफैलाई कुटने चिज लगेर पनि के रोएको होला । बरु हिम्मत बोकेर रक्सीका ड्रम लात्तिले पल्टाइदिनु पर्ने । यी पात्र हेडिङ्गका दोस्री नारी हुन् ।

तेस्रो पात्र
महिला । अग्रपंतीमा एक्लै । कतै नम्र कतै आक्रोश । सिङ्गो गाउँपालिकाको उपाध्यक्ष । नेकपाको नेता । न्यायीक तथा अनुगमन समितिको संयोजक । उनी पनि निर्वाचित हुन् । गाउँमा, चोकचोकमा, गल्लीगल्लीमा मतदाता छन् । चुनौति पाइला पाइलामा । उनको ठाडो निर्देशनमा मदिरा बरामद हुन्थ्यो । अखाद्य वस्तु नियन्त्रण भए । कैयन महिलाले रोएर माफ मागे, कति जनाले दाँत देखाए आँत दुखाए । मैले सोच्थे उपाध्यक्ष भएर पनि कति कठोर मन । तर यो कठोर मन पनि मदिराकै कारण रोएको देखेको छु । सम्झे उनले रुदै भनेका बिगतका स्मृति । श्रीमानले मदिरा सेवन गरेपछि खेपेका तनाव र नसुतेरै कटाएका रातहरु, दुई परिवारको पीडा, जिविकोपार्जन, छोराछोरीको पालनपोषण साथै महिला र त्यसै माथी परदेशको जीवन संर्घष । मदिरा पीडित महिला भनेर त सार्वजनिक स्थानमै भन्छिन् । मदिराले बनाएको पारिवारीक बिचलन र त्यहि पीडाले गाउँमा थालेको मदिरा नियन्त्रणका कथा र पसिनाहरु पनि कैयन फोरममा सुनाउँछिन् ।

गत बर्षदेखि इस्मा गाउँपालिका मदिरा नियन्त्रण अभियानमा सक्रिय छ । उनको खटाइ र रटाइ अग्रणी छ । धेरैले यो अभियानलाई जोखिम भनेर हेरे । कति जिम्मेवार व्यक्तिनै बिमलाको अभियान भनेर खिसी गरे । मदिरा विभाग प्रमुख समेत भने । यो अभियानले कार्यकर्ता भाँडिएको अभिव्यक्ति दिने कैयन भेटिए । मदिरा नियन्त्रण गर्न साथ फोनमा तुच्छ अभिव्यक्ति दिने नेतानै उच्च आहोदा छन् । यो बिषयमा पार्टीमा समेत प्रश्न उठ्यो । केसी मदिराले पीडित बनेको बिगत सुनाउँदा मात्रै नभएर मदिरा नियन्त्रणमा असहयोग र प्रहार खेप्न नसकेर रोएको पनि देखेको छु । उनी रुन्चे हुन् । यो मेरो कुनै पद र व्यक्तिको पक्षपोषण होइन्, सत्य के भने अहिले एक महिला रोएर फरक पर्दैन, भोली सयौ महिला रुनु नपरोस् ।

वास्तविकता
मदिराले समाज आक्रान्त बनेको छ । मदिराकै कारण पुर्कोटमा श्रीमानले श्रीमतिलाई काटेर टुक्रा–टुक्रा पारे । वडागाउँमा दाउराले टाउकोमा हिर्काएर श्रीमानले श्रीमति मारे । इस्मा, छत्रकोट र मालिकामा बाबुले छोरी बलात्कार गरे । यी घटनाको समिक्षा राज्य, समाज र छिमेकले कहिल्यै गरेनन् । जिल्लामा १३ बलात्कार हुँदा इस्मामा ७ थिए । जिल्लामा २३ आत्महत्या हुँदा इस्माको भागमा १३ पथ्र्यो । घरेलु हिंसाका घटनाले प्रहरीचौकी देखिन लाज लाग्थ्यो । गाउँका न्यायीक समितिदेखि प्रहरीचौकी र जिल्ला प्रहरीमा दर्ता भएका घरेलुहिंसाका घटनामा इस्माका ७० प्रतिशत थिए । घटनाको ९० प्रतिशत कारण मदिरानै थियो । अझै मदिराकै कारण कैयन नारीले रातमा भोलीको सपना देख्दैनन् । इस्माको मदिराका बिषयमा इस्मा गाउँपालिकाले कैयन चुनौति खेप्यो । सर्व दलिय र सर्वपक्षिय भेला भए । स्कुल र समुदाय सचेतना नभएका होइनन् । मदिरा बरामद र जरिवाना कैयन पटक भए ।

भर्खर निर्वाचित जनप्रतिनिधी, सिमित सुरक्षाकर्मी र स्रोत साधनकाबीच मदिरा नियन्त्रण चुनौतिपूर्ण थियो नै । त्यो भन्दा ठुला कुरा मदिराले निम्त्याएको पारिवारीक बिचलन, अपराध र बलात्कार घटनाले इस्माले बदनामी कमाइरह्यो । सोहि बखत मदिरा नियन्त्रण कार्यविधी पास गर्नु र कार्यान्यनमा लैजानु थप जटिल बिषय थिए । तर थुप्रैको साथ र सहयोगमा कार्यविधी कार्यान्वयन भयो । अहिले ७० प्रतिशत मदिरा नियन्त्रण भएको छ । जसका कारण देखिएका समस्याहरु पनि घटेका छन् । तर अभियानले रचनात्मक सहयोग प्राप्त गर्न सकेन् । यो अभियान अहिले प्रहरी र उपप्रमुखको ठेक्का जस्तै देखिएको छ । अन्य जनप्रतिनिधी र नेता मत जोगाउन उद्धत छन् । थप व्यावस्थापन चुनौतिपूर्ण छ । मदिरा नियन्त्रणमा टाउको लुकाउने नेताहरु जँड्या छुटाउन चौकी धाउँछन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D