समाचार

कृषिमा आएको अनुदान रकम कृषकले नै पाउनुपर्छः सभापती श्रेष्ठ

सन्तोष महतारा
गुल्मी, जेठ २३ । नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले सरकारी गलत नीति र कार्यन्वयनका कारण कृषि प्रधान देश नेपालका कृषक उपेक्षित बनेको बताएका छन्।

नेपाली कांग्रेस गुल्मीले संचालन गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत नेपाल किसान संघ गुल्मीको आयोजनामा बिहीबार तम्घासमा सम्पन्न कृषक भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै सभापति श्रेष्ठले उक्त विचार व्यक्त गरेका हुन् ।

सभापति श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत जिल्लामा कृषिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायले संचालन गरेका कार्यक्रमबाट उपलब्ध गराउने अधिकाश कृषि अनुदान र सहयोग वास्तविक ब्यवसायिक कृषकलाई वितरण नहुँदा हाम्रो समुदाय उत्पादनशील व्यवसाहिक कृषि क्षेत्रबाट आत्मनिर्भर हुनुको सट्टा परनिर्भर हुँदै गएकोमा चिन्ता समेत व्यक्त गरे।

व्यवसायिक कृषकको मेहनतलाई उपेक्षा गरेर वर्तमान सरकारले र स्थानीय निकायले समेत कार्यकर्ता पाल्नका लागि दर्ता भएका कागजी फर्म र समुहलाइ पहुँच भरमा अनुदान सहयोग दिइएको गुनासो अहिले कृषकहरूबाट आएकोले जिल्लामा संचालन भएका हरेक परियोजनाले समयमै आफ्नो कार्यन्वयन नितिमा न्यायीक ढंगले सुधार नगरेमा ठुलो मुल्य चुकाउनुपर्ने उनको भनाई थियो ।

कृषक र श्रमजीवी जनताको न्याय स्थापनाका लागि लागि नेपाली कांग्रेसले नेपाल किसान संघ गठन गरि यो अभियान सन्चालन गरेको बताउँदै सभापति श्रेष्ठले कृषकहरूबाट प्राप्त सुझाव र गुनासोलाई सम्बोधन गर्न पार्टीको तर्फबाट आगामी दिनमा अभियान सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले कम्युनिस्ट सरकारले देशमा भ्रष्टाचार, अन्याय, अत्याचार बढाइरहेको वर्तमान समयमा सबै कार्यकर्ताले हीनताबोध त्यागेर हरेक क्षेत्रमा भएको भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्ध अघि बढ्न आग्रह गरे।

कार्यक्रममा जिल्लाका १२ वटा स्थानीय तहबाट प्रतिनिधित्व गर्ने कृषकहरुले आफ्नो नगरपालिका र गाउपालिकामा स्थानीय तहले गरेको कृषिसँग सम्बन्धित गतिविधिका बारेमा जानकारी दिँदै आगामी दिनमा पार्टीको तर्फबाट खेल्नुपर्ने भुमिकाका बारेमा सुझाव दिएका थिए ।

नेपाल किसान संघ गुल्मीका अध्यक्ष मुकुन्दप्रसाद भण्डारीको अध्यक्षता जिल्ला कोषाध्यक्ष तेजेन्द्र जि।सि।को संचालन सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सदस्य महेन्द्र भण्डारी, थमन बहादुर केसि, झबिन्द्र बिक, धर्मराज पाण्डे, नेपाल तरुण दलका अध्यक्ष भरत भलामी, नेपाल ट्रेड युनियन कांग्रेस गुल्मीका अध्यक्ष रेशम कुवर, नेपाल विद्यार्थी संघका सभापति झबिन्द्र पाण्डे, जनप्रतिनिधि, किसान संघ नगर तथा गाउपालिका प्रतिनिधि लगायत विभिन्न भातृ तथा सुभेच्छुक सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

पहिलो चरणमा एक महिनासम्म संचालित प्रथम चरणको कार्यक्रमको समापन यहि जेठ २५ गते हुने नेपाली कांग्रेस गुल्मीले दिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D