बिकासका कुरा

कालीगण्डकी गाउँपालिकामा नयाँ मोटर बाटो उद्घाटन

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका नयाँ मोटरबाटोको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नं ५ फोक्सिङ्ग स्थित वडा कार्यालय हुँदै चैया चाल्से जाने मोटरबाटोको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा मगर, उपाध्यक्ष तारा थापा, वडा अध्यक्ष थम्वलसिंह आलेले संयुक्त रुपमा उद्घाटन मोटरबाटोको उद्घाटन गरेका हुन् । ८ लाख १० हजार रुपैँयाको लागतमा सम्पन्न भएको २ किलोमीटर लामो मोटरबाटोमा जीप चल्न थालेपछि चैया, चाल्से, लम्कराका जनतालाई यातायातको सुविधा शुरु भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D