समाचार

एउटा यस्तो ‘केटी काण्ड’ जस्ले लियो गुल्मीका सञ्चारकर्मी कृष्णश्री शर्माको ज्यान

प्रेम सुनार
गुल्मी, साउन १० । दुई दिन अघि गुल्मीको वम्घामा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी कृष्ण श्री शर्माले लेखेको सुसाईड नोटमा उल्लेख ‘प्रेमीका’ पात्रलाई गुल्मी प्रहरीले बोलाएर सोधपुछ गरेको छ ।

हामी उनको आत्महत्या भनिएको मृत्युलाई पछ्याई रहेका छौं । केहि दिन अघि यसै समाचारदातालाई पनि फोनमा कुनै एक रेडियोले काम गरेको पैसा नदिएको बताएका थिए । उता खरवाङ्गमा पत्रकार कमल पौड्यालसंग पनि त्यतैका रेडियोमा काम गर्न आउनु पर्छ कि ? भनेर फोन गरेको पौड्यलको फेसबुक स्टाटसमा उल्लेख छ ।

सोमवार एकादशीको दिन विहान १० वजे सम्मको डिउटी सकेर शर्मा स्याङ्गजाको आँधीखोला एफएमबाट तानसेन साथी भेट्न जान्छु, आज राती उतै बस्छु भोली मंगलवार साँझको डिउटी फेला पार्न आउँछु भन्दै विदा लिएर हिँडेको रेडियोका स्टेशन म्यानेजर तोलाकान्त बञ्जाडेले बताए । उनले भने, ‘हामी स्तब्ध छौं, हामी आफै बोल्न सकेका छैनौं रेडियोमा र शोकधुन बजाएर बसेका छौं । दिएको जिम्मेवारी निभाउने उहाँ त्यस दिन साथी भेट्न तानसेन जान्छु भनेर भन्नुभयो । तानसेन भने पनि मलाई शंका त्यही वम्घाकी केटि भेटन् हिँड्दैछन् भन्ने थाहा थियो । उहाँकी म्याडमले ति केटीबारे मलाई सजग गराईसक्नु भएको थियो ।

मैले तत्काल म्याडमलाई फोन गरेर जानकारी गराएँ । मसंग त त्यस्ता कुरा गर्न डराउनुहुन्थ्यो । तर सहकर्मी मार्फत मैले बुझैकै थिएँ । ति युवतीलाई फेसबुक मार्फत धम्काउने, फोटा राखेर तर्साउने गर्नहुन्थ्यो । दशै देखि हो उहाँले यस रेडियोमा काम गर्न थालेको । हुन त पहिला पनि काम गरेर जानु भएको हो । मैले बुझे अनुसार उहाँले ति युवतीलाई बिबाह गर्न खोजेको तर उनले नमानेको पाईएको छ ।’

बञ्जाडेका अनुसार उनले पटक पटक फेसबुक स्टाटस लेख्ने र तत्काल हटाउने गर्दथे । यो मेरो अन्तिम हो, त्यसलाई नछाड्…..जस्ता स्टाटस लेखेको र एउटा स्टाटस स्क्रीन सर्ट गरेर आफुले राखेका बञ्जाडेले बताए । कृष्ण श्री की श्रीमती अनिता शर्मासंग जिज्ञाषा राख्दा उनले गला अवरुद्ध पार्दै भनिन्, ‘खै कसरी मृत्यु भयो मैले त बुझ्नै सकिन । वम्घा कि त्यस केटीसंग सम्वन्ध छ भन्ने कुरा मलाई थाहा थियो । त्यही भएर निगरानी गर्न स्टेशन म्यानेजरलाई भन्दै आईरहेकी थिएँ । मैले सोध्दा केही होईन साथी मात्रै हो भन्नु हुन्थ्यो । दशैंमा रिडीको ऋषिकेश एफएमबाट जागिर छाडेर चार पाँच दिन सम्म त्यही केटीको घरमा बसेको थाहा पाएँ ।”

“फागुनमा वुवाको तिथी गरेर जानु भएको थियो । त्यहाँ देखि यता घर आउनु भएको थिएन । उहाँले मलाई प्राय फोन गर्नुहुन्थ्यो । मैले फोन गरेर तलव बुझेर पैसा पठाई दिनुस भन्थें । त्यस दिन उहाँ हिँड्नु भयो भन्ने थाह पाउन साथ फोन गरे । उहाँले तानसेन होईन, आज एकादशी राम्दीमा नुहाएर फर्किन्छु भन्नु भएको थियो ।”, श्रीमती शर्माके थपिन्, “त्यस पछि सम्पर्क भएन । शव बुझ्न आएका छिमेकीहरु मध्येका केशव सिंह ठकुरीका अनुसार बम्घाटावर जहाँ ऋषिकेश एफएमको स्टेशन छ । त्यहीबाट ऋषिकेश एफएम सञ्चालन हुन्छ । त्यहाँ देखि तलको जंगलमा उनको शव फेला परेको थियो । साथमा सुसाईड नोट, मोवाईल र १ सय ४५ रुपैयाँ पैसा देखेको ठकुरीले बताए ।”

साथमा जम्मा त्यति पैसाले स्याङ्गजा फर्किन सक्ने अवस्था देखिदैन । उनि तनावमै वम्घा आई पुगेको पाईन्छ । जिल्ला प्रहरी कार्यालयमा झिकाईएकी ति युवतीले शर्माले आफुलाई एकतर्फी माया गर्ने बताएको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले बताए । हामीले उनिसंग सोधपुछ ग¥र्यौ, उनले भनिन, “अरु त्यस्तो केहि होईन, उहाँ म संग वानसाईडेड हुनुहुन्थ्यो ।”

श्रोतका अनुसार ति युवतीलाई कुनै एक रेडियोमा छँदा शर्माले काम सिकाएका थिए । उनि प्राविधिक पक्षमा कुशल र सफल कार्यक्रम प्रस्तुता थिए । मिठो आवाजका धनी थिए । उनको घरमा स–साना दुई सन्तानहरु छन ।

आर्थिक अवस्था पनि केहि वर्ष यता कमजोर हुँदै आएको थियो । घरमा श्रीमती हुँदाहुँदै अर्को युवतीसंग माया जालको चक्कर नै उनको मृत्युको कारक भएको उनका नजिकका साथीहरु बताउँछन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D