भिडियो

अचानक पत्रकार सम्मेलन गरेर हिमानीले के भनिन् ? हेर्नुस् भिडियो:

१९ साउन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह आईतबार अचानक मिडियामा छाईन् । हिमानी नेतृत्वको हिमानी ट्रष्टको पत्रकार सम्मेलन मार्फत लामो समयपछी उनी एकाएक देखा परिन् । ट्रस्टले पूर्वराजा ज्ञानेन्द्र शाहको हालै प्रकाशित पुस्तक बिक्री गरेर ‘दैवी प्रकोप उद्धार कोष’ मा रकम संकलन गर्ने घोषणा गरेको छ ।

हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको बताइन् ।

विगत १८ वर्षदेखि विभिन्न मिति र अवसरमा पूर्वराजा शाहले दिएको सन्देश संग्रह बिकरी गरेर सामाजिक कामका लागि रकम संकलन गर्ने ट्रस्टले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष हिमानी शाहले उक्त सन्देश संग्रह विमोचन गरिन् । पूर्वराजा शाहले ट्रस्टलाई ५ सय थान पुस्तक दिएका छन् । उक्त पुस्तक बिक्रीबाट आएको रकम विभिन्न किसिमका प्राकृतिक प्रकोपटबाट पीडित व्यक्तिलाई सहयोग गरिने पूर्व युवराज्ञी शाहले जानकारी दिइन् ।

हेरौँ भिडियो:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D