बिकासका कुरा

अग्लुङ्ग वडा कार्यालयमा पहिलो पटक बस पुग्यो, प्युठानबाट आएको बसलाई स्थानीयद्वारा स्वागत

विवश विष्ट
गुल्मी, मंसिर १३ । गुल्मीको मदाने गाउँपालिकाको वडा न १ अग्लुङ्ग वडा कार्यालयमा पहिलोपटक बस पुगेको छ । बस पुगेसँगै स्थानियहरु खुसि हुँदै भव्य स्वागत गरेका छन् ।

प्युठानको बिझवार हुँदै गुल्मी अग्लुङ्ग वडा कार्यालयका लागि नियमित बस संचालन हुने वडा अध्यक्ष प्रेम चन्द बोहराले बताए । नियमित बस संचालन भए सँगै स्थानियहरुमा रौनक छाएको छ । बस नियमित संचालन भएपछि प्युठान यातायात सहज हुने बताइएको छ ।

शुक्रबार प्युठान हुँदै गुल्मी अग्लुङ्ग वडा कार्यालयमा आएको बसका लागि मनोज केसि, गाडी चालक लगायतको टिमलाई सम्मान गरि भव्य स्वागत गरेका छन । प्युठान यातायात सहजिकरण भैसकेपछि गुल्मी यातायात पनि सहजीकरण गर्न गुल्मीबाट पनि बस संचालन छिटै गरिने वडा अध्यक्ष बोहराले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D