gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुलामी गरेर मन्त्री खानु छैन, टिकट पनि लिनु छैन: चन्द्र भण्डारी

युएई । काँग्रेस नेता चन्द्र भण्डारीले गुलामी गरेर मन्त्री खान आफूले नचाहेको र नचाहने बताएका छन् । नेपाली जनसम्पर्क समिति युएईले गरेको दुवईमा गरेको कार्यक्रममा भण्डारीले काँग्रेस नेतृत्वले आफ्नो गौरवमय विगत र उज्वल भविष्यलाई नजरअन्दाज गर्दा काँग्रेस वर्तमानमा गुमराहमा परिरहेको बताए ।

काँग्रेस नेतृत्वले राष्ट्रियता, लोकतन्त्र र समाजवादले सुसज्जित आफ्नो पाठशालामा गुलामीलाई प्रवेश गराउँदा वितृष्णा बढेको उल्लेख गर्दै भण्डारीले काँग्रेसको नयाँ पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्दै सुधार्नु पर्ने बताए । काँग्रेसको पाठशालाको राजनीतिक मूल्य र मान्यतालाई विकृत बनाउनेलाई कुनै पनि स्थान दिन नहुने भण्डारीले बताए। उनले थपे, ‘काँग्रेसको पाठशालाले राष्ट्रको मजवुदी, सुरक्षा राष्ट्रको विकासलाई प्राथमिकतामा राखेको हुन्छ । काँग्रेसको पाठशालाले गुलामी हैन स्वाभिमानको पाठ सिकाउँछ । ‘ काँग्रेसको अहिलेको पाठशालामा स्वाभिमानी वढाउने भन्दा गुलामी वढाउनेहरुको वोलवाला वढेकोमा उनको चिन्ता छ । भण्डारीले पार्टीमा पछिल्लो समयमा देखिएको गुलामी प्रवृतीलाई मलजल गरेर आफू मन्त्री बन्न नचाहेको बताए । गुलामी नै खोजिए आफूले सांसदको टिकट समेत नरवोज्ने भण्डारीले बताए ।
chandra_bhandari_at_dubai
आफ्नै नेतृत्वको बारेमा टिप्पणी गरेका भण्डारीले प्रमुख प्रतिपक्षी एमालेप्रति पनि आक्रामक रूपमा प्रस्तुत भए । एमालेका कारण देश असफल र विकासको बाटोमा धेरै पछि परेको उनले बताए । अरूण तेस्रो रोकेर एमालेले नेपालको विकासको गतीलाई संस्थागत ढंगले रोक्ने काम भएको उनको तर्क थियो । आज नेपाली जति विदेशीएका छन् तिनको दोष एमालेलाई जाने उनले बताए। उनले भने अरुण तेस्रो रोकेर नेपालको विकास एमालेले रोकेन मात्र विकासमाथि नै अपराध गरेको छ। उनले भने यहि कारण देशमा उद्योग धन्दा केहि पनि सञ्चालन हुन नसक्दा लाखौ नेपाली विदेशिन वाध्य भएका हुन्।

महाकाली सन्धी गर्दा राष्ट्रवाद नदेख्ने, नेपालीले आफैले बनाउन सक्ने वुढीगण्डकी अर्कै देशलाई सुम्पिदा राष्टवाद नदेख्ने, स्वार्थ र पैसा कुम्ल्याउन राष्ट्रवाद नदेख्ने एमालेले जनता र कार्यकर्तालाई भुलभुलैयामा राखेर खोक्रो राष्ट्रवादको कुरा गरेर अरुलाई राष्ट्रवादी नभएको आरोप लगाउनु राजनीतिक चरित्र नभएको नेता भण्डारीले बताए। देशको विकास विरोधी एमाले कसरी राष्ट्रवादी हुनसक्छ भण्डरीले प्रश्न गरे।

फरक प्रसङ्गमा नेता भण्डारीले भ्रष्टाचारमा डामिएकाहरूलाई राजनीतिमा आउने छुट नभएको बताए । काँग्रेस भ्रष्टाचारीको पक्षमा नभएको उनले बताए । उनले अरुलाई भ्रष्टचारी भएको आरोप लगाउँदै देशको साधन स्रोत कुम्ल्याउने एमाले प्रवृतीको भण्डाफोर गरेर नङग्याउनुपर्ने उनले बताए। काँग्रेसको पाठशालाले वरिपरि गरिब राखेर आफू धनी बन्ने प्रवृतीको बिरोध गर्ने नेता भण्डारीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D