gulminews logo
शनिबार, २०८१ बैशाख १५

खुल्यो कपाल काट्ने अदृश्य शक्तिको रहस्य (भिडियो सहित)

प्रेम देवान
केही दिन अगाडी साता अघि भारतका विभिन्न ठाउँमा अज्ञात समूहले युवतीहरुको चुल्ठो काट्ने समाचारहरु बाहिर आएका थिए । त्यसपछि केही दिन पछि यता नेपालका विभन्न तराईका जिल्लामा पनि त्यस्तै रहस्यमय घटनाहरु बाहिर आउन थालेका छन् । रुपन्देही र कपिलवस्तुमा पनि युवतीहरुको चुल्ठो काटिएका घटना सार्वजनिक भएको थियो । उता सुनसरी जिल्लाको देवानगन्जमा पनि एक महिलाको चुल्ठो काटिएको समाचार बाहिर आयो ।
नभन्दै विराटनगरमा पनि यति बेला त्यस घटनाबारे व्यापक चर्चा पाईरहेको छ । अहिले त्यो घटना विराटनगरमा पनि घटेको छ भन्दा तपाईहरुलाई पत्यार नलाग्न सक्छ ।

बरगाछी स्थित श्रीबाल मावी कक्षा ९ मा अध्ययनरत १४ बर्षिया बालिका पिकी कर्णको कपाल काटिएको भेटे पछि मैले बालिका र उनका आफन्तसंग वास्तविक के हो भनि सोधपुछ गरे । उनकी ठूली आमा पुनिता दासले भनिन् – ‘हाम्री ३ छोरी र हामी घरका सबैे जना राती ११ बजे सम्म सबैले टिभी हेरेर सुतिसकेको थियौं ।’ आज विहान ४ बजे तिर मेरो कानमा किरा पसे जस्तो लाग्यो र व्यूझे अनि म ३ जना छोरी सुतेको कोठामा गए कोठामा पस्ना साथ भुईमा कालो कपाल देखे ।’ म त झसङ्ग भए ! हत्तपत्त म छोरीहरुलाई उठाए, भुईमा कपाल देखेपछि सबै जना चिच्चाए । फेरी राम्ररी छोरीहरुको कपाल हेरे तर विचमा सुतेकी छोरी पिंकीको कपाल छोटो देखे पछि त झनै हल्ला गर्न थाले । सबै आफन्त र गाँउलेलाई बोलाए । राती घरमा यस्तो घटना हुन्छ भनेर निमको पत्ता राख्नुपर्छ भनेर सासु आमाले ढोकामा झुन्डाउनु भएको थियो तर पनि छोरीको कपाल काटेपछि म आफै अचम्मित परीरहेको छु ।

छोरीलाई अहिले राम्रै भएको र अन्तै आफन्तकोमा राखिएको उनले बताईन् । काटिएको कपाल रानी प्रहरीले अनुसन्धानको लागी लगेको छ । केहीदिन अगाडी पनि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १५ वर्षीया रोमी (परिवर्तित नाम) को चुल्ठो आइतबार बिहान काटिएको थियो । सोही नगरपालिकाकी अर्की २७ वर्षीया युवतीको पनि चुल्ठो काटिएको थियो । यस्तै, कपिलवस्तुको मायादेवी गाउँपालिकाकी १८ वर्षीया युवती पनि सो घटनाबाट पीडित बनेकी छन् । उनीहरुको कपाल कैंचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्नेबारेमा प्रहरीले कपालको चेकजाँच गरेपछि मात्र भन्न सकिने बताएको छ । यस घटनालाई कतिपयले माईकी नामक किराले महिलाहरुको कपाल काटेको बताएका छन् भने कतिपयले भुतप्रेतले यस्तो भएको भनेकाछन् ।

यस विषयमा थप हामीले रानी ईलाका प्रहरी कार्यलय विराटनगरका ईन्सपेक्टर सन्तोस निरौलासँग कुरा गर्दा यो केही पनि हैन यस घटना सामान्य भएको प्रतिक्रिया दिए । यो जङगलमा पाईने एक किसीमको माईका नामक किराले विशेष गरी वयस्क किशोरी तथा महिलाहरुलाई टोक्ने गरेका कारण यस्तो भएको बताए ।
महिलाहरुमा भएका एक किसीमको फेरादिन नामक प्रोटिन जसको शरिरमा ज्यादा हुन्छ उसैको कपालमा बस्ने र थाहा नै नहुने गरी काट्ने गरेकोे ईन्सपेक्टर निरौलाले प्रतिक्रिया दिए ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D