gulminews logo
सोमबार, २०८१ जेष्ठ ७

नेकपा एमाले मदानेले लगायो उम्मेदवारको टुङ्गो, धेरै उम्मेदवारी पुरानै जनप्रतिनिधी

विवश विष्ट
गुल्मी, १० बैसाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार आएपश्चात दोस्रो पटक पाँच वर्षका लागि जनप्रतिनिधी चुनिँदै छन् । स्थानिय तहको निर्वाचन रौनक गुल्मीको मदाने गाउँपालिकामा पनि देखिन थालेको छ ।

नेकपा एमाले मदाने गाउँपालिकाले वडा अध्यक्ष देखी गाउँपालिका प्रमुख उपप्रमुखको टुङ्गो लगाएको छ । स्थानिय तहको निर्वाचन आउन २० दिन बाँकी रहदा नेकपा एमाले मदाने गाउँपालिका अन्य पार्टी तथा गठबन्धन सँग एक्लै भिड्न लागेको छ । नेकपा एमाले मदाने गाउँपालिका अध्यक्ष समेत रहेका प्रेम केसी यसपालिको निर्वाचनमा गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन । त्यस्तै गाउँपालिका उपाध्यक्ष समेत रहेकी सरिता खड्का यसपालि पनि पुन: गाउँपालिका उपाध्यक्ष मै भिड्न थालेकी हुन ।

अन्य पार्टी तथा गठबन्धन एकाध वडा बाहेक तथा पालिका प्रमुख उपप्रमुखको टुङ्गो लगाउन नसकिरहेको अवस्थामा भने नेकपा एमालेले मनोनयन दर्ता गर्नु भन्दा केही दिनमै उम्मेदवार टुङ्गो लगाएको हो । मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा वडा अध्यक्ष समेत रहेका प्रेम चन्द बोहरा पुन: अध्यक्षमा उम्मेदवारी दिने भएका छन । स्थानिय तहको निर्वाचन २०७४ मा उनले ५७५ मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट राजेन्द्र बिष्टलाई ३२१ मतान्तरले विजयी भएका थिए ।

यस्तै वडा नम्बर २ बाझकटेरीमा वडा अध्यक्ष समेत रहेका माधव प्रसाद भुसालले पुनः वडा अध्यक्षमा उम्मेदवारी दिन लागेका छन । स्थानिय तहको निर्वाचन २०७४ मा उनले ७६८ मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट मोतिबहादुर खत्रीलाई ३१२ मतान्तरले जितेका थिए ।

यस्तै वडा नम्बर ३ सिर्सेनीबाट भने नयाँ अनुहार देखिएका छन । ईश्वरबहादुर जिसी यसपालिको निर्वाचनमा वडा अध्यक्षका लागि होमिन लागेका छन । स्थानिय तहको निर्वाचन २०७४ मा वडा नम्वर ३ सिर्सेनीमा नेकपा एमालेबाट नै नारायण घर्तीले वडा अध्यक्षमा ८१३ मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट डिलहरी सेन ओलीलाई ३५५ मत अन्तरले जितेका थिए ।

यस्तै वडा नम्बर ४ म्यालपोखरीमा वडा अध्यक्ष समेत रहेका भिम प्रसाद भट्टराईले पुनः वडा अध्यक्षमा उम्मेदवारी दिन लागेका छन । स्थानिय तहको निर्वाचन २०७४ मा वडा नम्वर ४ म्यालपोखरीमा नेकपा एमालेबाट भिम प्रसाद भट्टराईले वडा अध्यक्षमा ४५० मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट नङ्गनारायण भट्टराईलाई झिनो मततन्तर ७७ ले जितेका थिए ।

यस्तै वडा नम्वर ५ मलागिरीमा पनि नेकपा एमालेबाट वडा अध्यक्ष बनिसकेका हिमाल खड्काले यसपालि पनि पुनः वडा अध्यक्ष उम्मेदवारी दिन् भएका छन । स्थानिय तहको निर्वाचन २०७४ मा उनले ४४५ मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट निमाकुमारी सेनलाई १४२ मत अन्तरले जितेका थिए ।

नेकपा एमालेबाट वडा अध्यक्ष बनेका लोकहरि कुँवरले यसपालि वडा नम्बर ६ पुर्कोटदहबाट वडा अध्यक्षमा दाबेदार गर्ने भएका छन । स्थानिय तहको निर्वाचन २०७४ मा तोकम कुवरले ७४० मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट मनिराम थापालाई झिनो मत ६ मतान्तरले जितेका थिए ।

वडा नम्बर ७ भनभनेमा नेकपा एमालेबाट ओमबहादुर केसीले वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन । स्थानिय तहको निर्वाचन २०७४ मा यस वडामा नेपाली काङ्ग्रेस विजयी भएको थियो । नेपाली काङ्ग्रेसका काशीबहादुर बोहोराले ६३८ मत सहित प्रतिद्धन्द्धी नेकपा एमालेका प्रेमनारायण घिमिरेलाई ९५ मतान्तरले जितेका थिए ।

नेपाली काङ्ग्रेस सहित सत्तारुढ गठबन्धन भर्सेस नेकपा एमाले भनिएता पनि गठबन्धनको टुङ्गो मदाने गाउँपालिकामा लाग्न नसक्दा केही वडा अध्यक्ष बाहेक गाउँपालिका प्रमुख उपप्रमुखमा टुङ्गो लगाउन सकेको छैन ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D