gulminews logo
शुक्रबार, २०८० चैत्र १६

BREAKING NEWS: गुल्मी २ मा गोकर्ण विष्ट फराकिलो मत अन्तरले विजयी

सन्जु काउछा
गुल्मी । गुल्मी २ मा वाम गठबन्धनतर्फबाट एमालेका गोकर्णराज विष्ट १४ हजार मतान्तरले विजयी भएका छन्। उनले ३४६१८ मत ल्याएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत पाएका छन्।

gokarna bishtaबाम गठबन्धनबाट उम्मेदवार बनेका बिष्ट गत दोस्रो संविधानसभा निर्वाचनमा विष्ट फराकिलो अन्तरले विजयी भएका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनाबमा माओवादी उम्मेदवारसँग पराजित भएका उनलाई अहिले माओवादीको पनि साथ थियो ।

सिंहदरबारको बिजुली काट्ने बिष्ट, युवाका रोल मोडल

छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाब बनाउन सफल एमाले नेता बिष्ट स्थानीय तह देखि राष्ट्रिय स्तरमै लोकप्रिय नेता हुन् । स्वच्छ छबि र स्पष्ट बक्ता रुपमा परिचित नेता बिष्टको कार्यकर्ता लेवलमा समेत ब्यापक क्रेज छ । गत स्थानीय चुनाब र दोस्रो संविधानसभा चुनाबको समीकरण अनुसार यसपटक पनि बिष्टले अत्यधिक मतले बिजय हासिल गर्ने धेरैको आंकलन थियो । पछिल्लो समय राजनीतिमा आश्थावान युवाहरुको रोल मोडलका रुपमा स्थापित हुँदै गएका नेता बिष्ट उर्जामन्त्री भएको समयमा गरेका जनपक्षीय कामका कारण प्रिय छन् ।

सिंहदरबारको बिजुली काट्ने बिष्टले बिद्युत महशुल नतिर्ने सरकारी कार्यलयको बिजुली काट्ने देखि पदबाट राजिनामा दिएकै दिन सरकारी सुबिधा त्यागेका थिए । जसका कारण उनको राजनीतिक हाइट उच्च छ । बिष्टले नै देखाएको र शुरु गरेको मार्गदर्शनका कारण आज मुलूकले उर्जाक्षेत्रमा केहीहद सम्म प्रगति गर्नसफल भएको छ । पछिल्लो समयमा बनेका उर्जामन्त्रीहरुले समेत बिष्टका बिधि फलो गर्ने गरेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D