प्रविधि मोह : बुढेसकालमा किबोर्डमा औंला चलाउँदै गुल्मीका जनप्रतिनिधी

हुमाकान्त पोख्रेल
गुल्मी, बैशाख १० । कार्यालयको दैनिक कामकाजमा आवश्यक परेपछि जिल्लाको इस्मा गाउँपालिकाका जनप्रतिनिधीले कम्युटर सिक्न सुरु गरेका छन् । गाउँपालिकाका अध्यक्ष लक्षमण विष्ट, उपाध्यक्ष बिमला खत्री लगायत वडाध्यक्ष तथा गाउँकार्यपालिका सदस्यहरुले कम्युटर सिक्न थालेका हुन् ।

यो पनि पढ्नुस्: गुल्मीमा २७६ जना एचआईभी एड्स संक्रमित: सबै भन्दा धेरै सत्यवतीमा, कहाँ कती संक्रमित?

गाउँपालिका प्रमुख विष्ट उमेरले ६७ बर्ष पुगे । कपाल सेतै छ । चश्मा नलगाए आँखाले ठम्याउँदैन ।तर उनलाई कम्युटर सिक्ने जोस पलाएको छ । ‘बेलैमा सिकिएन, अहिले पछुतो लाग्छ ।’ उनले भने, ‘हामिलाई प्रविधिले पछि पारेको रहेछ ।’ त्यसका साथै कम्युटरमा कुनै काम गर्नुपरे कर्मचारी नै गुहार्नुपर्ने बाध्यताको अन्त्य हुने आशा आफुले राखेको उनले बताए ।

सामाजिक संजाल र कम्पयुटरबाट बाहिर हुँदा धेरै ठाउँमा आफुलाई हिनताबोध भएकाले तालिम संचालन गरिएको उनले बताए । ‘आफुलाई आएको पत्र खोल्न कर्मचारी गुहार्नुपर्ने बाध्यता रहेको छ,’ बिष्टले भने, ‘कस्सिएर सिके त्यति कसो नआउला भनेर लागेका छौ ।’

गाउँपालिका प्रमुख विष्ट उमेरले ६७ बर्ष पुगे । कपाल सेतै छ । चश्मा नलगाए आँखाले ठम्याउँदैन । तर उनलाई कम्युटर सिक्ने जोस पलाएको छ । ‘बेलैमा सिकिएन, अहिले पछुतो लाग्छ ।’ उनले भने

इमेल खोलेर चिठ्ठी पत्र हेर्न पाए हुन्थ्यो

उपप्रमुख बिमला खत्री भने सामाजिक संजालमा सक्रिय नै छन् । तर कम्पयुटर ज्ञान नभएकाले तालिम लिइरहेकी छन् । पहिले आफुलाई मोटरसाइकल चलाउने कल्पना कम्प्युटर जस्तै लाग्ने भएपनि अहिले सफल भएकाले कम्प्युटर पनि सिकेरै छोडने बताइन् । ‘फेसवुक चलाएर भएन कम्प्युटर खोल्ने ढंङ छैन’ उनले भनिन्, ‘सिक्दैछु चलाएर देखाउने हिम्मत हारेकी छैन ।’

वडा नं ३ का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटा पनि उमेरले ६५ पुगे । तालिमकै लागि सापकोटा पनि बिहानै रामराज्य पुग्छन् । जमाना अनुसार प्रविधिले पछाडी परिएकोमा उनलाई चिन्ता छ । ‘कपाल फुलेसी के काम ? तीन पटक भनेपछि बल्ल एक पटक आउँछ,’उनले भने,‘ १५ दिनमा इमेल खोलेर चिठ्ठी पत्र हेर्न पाए हुन्थ्यो ।’

इस्मा गाउँपालिका गाउँ सभा सदस्य नारायण पैयानीले बेलैमा सिके जस्तो उमेर ढल्किएपछि नहुने बताए । अहिले स्मरण शक्ति र आँखाको समस्या तथा हातहरु थरथराउने भएकाले सिक्न धेरै मुस्किल भएपनि अठोट लिएर तालिममा आएको बताए । इस्मा गाउँपालिकाले जनप्रतिनिधीहरुलाई कम्प्युटरको आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम संचालन गरेको छ । तालिममा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँ सभा सदस्यहरुलाई समावेश गरिएको छ ।

१५ दिनसम्म बिहान ७ बजेबाट १० बजेसम्म रामराज्य माविका तालिम संचालन गरिएको छ । अहिले धेरै कार्यालयमा हस्त लेखन पद्धतिको अन्त्य भएकाले चिठ्ठी पत्र लेख्न, सिफारिस दिन तथा विभिन्न सुचना र समाचार हेर्न जनप्रतिनिधीहरुलाई यो तालिम अत्यन्तै उपलब्धि मुलक भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

जनप्रतिनिधीहरु अत्यन्तै व्यस्त भएकाले समयको व्यावस्थापन भए १५ दिनमा आधारभुत कुरा सिक्न सकिने गाउँपालिकाका सुचना प्रविधि अधिकृत बाबुलाल थापाले बताए । उनले स्वभाविक रुपमा उमेरले जनप्रतिनिधीहरुलाई सिक्न र सिकाउन अप्ठ्यारो भएपनि आफुहरुले निकै मेहेनतका साथ सफल बनाउने थापाले बताए ।

सोहि अवसरमा इस्मा गाउँपालिकाका तीन सहकारीलाई पनि तालिम प्रदान गरिएको छ । सहकारीका व्यावस्थापक र सहकारीले तोकेका प्रतिनिधीलाई कार्यालयका काम कम्प्युटर मार्फत गराउने गरि तालिम दिइएको छ । तालिमपछि गाउँपालिकाले सहकारीलाई कम्प्युटर र अन्य उपकरण प्रदान गर्ने कार्यक्रम रहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेत, सुचना प्रविधि अधिकृत थापा, सवइन्जिनियर रविन घर्ति, कम्प्युटर अपरेटर बलराम खनाल लगायतले तालिम दिइरहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D