टोपलाल अर्याल
गुल्मी, १६ चैत्र । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनहितका काम गर्नुपर्ने यो मुलुकको दुई तिहाईको सरकारले सस्ता नारा र प्रचारबाजीमा लागेको बताए । नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले कम्यूनिष्टका सस्ता नाराबाट नेपाली जनता झुक्किएको बताउँदै उनले नेपाली कांग्रेसका बिचार र सिद्धान्त लिएर अव गाउँ–गाउँ पुग्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बलात्कारी र भष्ट्राचारीलाई संरक्षण गर्दैमा सरकारलाई काम गर्ने फुर्सद नभएको आरोप समेत लगाए ।
बिचारहिन कम्यूनिष्ट र एजेण्डा बिनाको केपी ओली सरकार प्रचारमै सिमित भएकाले भम्रमा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरे । त्यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भष्ट्राचारको जगका सरकारले समृद्धिको आधार खोज्नु मुर्खता भएको बताए । उनले भ्रष्टचार गर्दिन र गर्न दिन्न भन्ने केपी ओली अहिले अख्तियार तर्साउने खेलमा लागेको आरोप लगाए । ‘वाइड बडिको प्रमाण संसद र समितिमा छ, केपीले कमिशननै लागि सहेर बसेका छन,’उनले भने,‘ ऐन सेल र बुढिगण्डकीको जलबिद्युतमा बार्गेनिङ्ग चलेको छ ।’ राज्यको समृद्धि प्राप्त गर्न सुशासन र भ्रष्टचार रहित समाजको शुरुवात गर्न आफैले शुरुवात गर्न ओली सरकारलाई पौडेलले आग्रह गरे ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको बिचार, सिद्धान्त र कार्यकर्ता एकजुट भएपनि भ्रमले निर्वाचनमा आफुहरु पछि परेको बताए । अवको पार्टीको प्रमुख कामनै पार्टी निर्माण र सरकारको खबरदारी भएकाले अर्को निर्वाचनमा आफुहरु एक्लैले दुई तिहाई मत प्राप्त गर्ने बताए । उनले सडक बनाउने, विश्व विद्यालय र मेडिकल कलेज स्थापना गर्ने कांग्रेस भएपनि त्यसको जस नेकपाको सरकार र नेताले लिएको बताए ।
नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाश शरण महतले अहिलेको सरकार नाफा कमाउने कम्पनी भएको बताए । उनले सरकारले बिज्ञापन मार्पmत कांग्रेसले गरेका कामको प्रचार गरेर आफुलाई स्थापित गरेर नाफा कमाउन खोजेको बताए । साथै महतले कम्यूनिष्टको संगठन निर्माण र प्रचार गर्ने तरिका कांग्रेसले सिक्नुपर्ने बताए । ‘कांग्रेसले काम गर्छ, घरघरमा प्रचार गर्दैन,’उनले भने,‘ कम्यूनिष्टले आकर्षक प्रचार गर्न जानेकाले हाम्रो काम पनि आफैले गरेको भन्दै प्रचार गर्छ ।’
एकताको सन्देश दिन ः ऐतिहासिका प्रथम जिल्ला सम्मेलन
नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलन शुरु भएको छ । यो सम्मेलनलाई कांग्रेस गुल्मीले निकै महत्व र चसोको रुपमा लिएको छ । जसका लागि केन्द्रिय सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहित दुई दर्जन केन्द्रिय नेता जिल्ला आएका छन् । जिल्लादेखि केन्द्रसम्मको कांग्रेसलाई अझ मजबुत र एकताबद्ध बन्न सन्देश दिने उदेश्यले सम्मेलनको आयोजना गरिएको जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।
यो सम्मेलनबाट संगठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म बलियो र सशक्त बनाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादती र भ्रष्टाचारको भण्डाफोर गर्ने, कांग्रेसको पक्षमा उभिएको जनलहरको शक्ति प्रदर्शन गर्ने लगायतको भावी रणनीति बनाउने जिल्ला पार्टी सभापति बिष्णु सापकोटाले बताइन् । सम्मेलनको लागि कांग्रेसले यस अघि जिल्लाका १२ वटै स्थानीय तहमा भेला र प्रशिक्षण गरिएको सापकोटाले बताइन् ।
नेपाली कांग्रेस गुल्मीले संगठनलाई बलियो बनाउन जिल्लामा छाँया सरकार गठन गरेको छ । भने ’गुल्मी कांग्रेसको आव्हान गाउँ जाउँ गाउँमै रमाउँ’ भन्ने ५० दिने अभियान सम्पन्न गरेको छ । जिल्ला सम्मेलनको अवसरमा नेकपा पार्टी परित्याग गर्ने व्यक्तिहरुलाई कांग्रेस सभापति देउवा र बरिष्ठ नेता पौडेलले स्वागत तथा सम्मान गरेका थिए ।