हुमाकान्त पोखरेल
गुल्मी, २८ फागुन । बिहिबार हुने भनिएको विप्लप समुहको नेकपाको बन्दलाई लिएर गुल्मीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
ठाउँठाउँमा गस्ति खटाउने, कुनै खतरा हुनासाथ प्रहरी तुरुन्त उपस्थित हुनेगरी व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
आजै देखी अति संवेदनशिल मानिएको ठाउँमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा गोष्ठि खटाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।
गुल्मीमा बन्दको धेरै प्रभाव नपर्ने र यदि कहिँ कतै भईहाले तुरुन्त प्रहरीलाई खबर गर्न पनि प्रजिअ पौड्यालले आग्रह गरे ।