टोपलाल अर्याल
गुल्मी, १५ फागुन । सदरमुकाम तम्घास चम्कने प्रमुख आधार रेसुङ्गा र रेसुङ्गा बिमानस्थल हो । तर दुवैको विकास ओढारको केतुकी जस्तै भएको छ । न झर्ने न फैलने । धार्मिक क्षेत्र रेसुङ्गामा परम्परागत र आधुनिक दुई खाले बिचारको लडाईँ छ । केवलकार संभावनामै रह्यो । बर्षौको आशा रेसुङ्गा एयरपोर्ट संचालनमा आएको छैन् । जसका कारण व्यावसायी र अन्य नागरिकमा निराशा पलाएको रेसुंगा नगरपालिका ८ का कृष्ण प्रसाद भण्डारीले बताए ।
अहिलेसम्म २५ जनालाई व्यस्थित राख्ने होटल छैनन । ५० शैयाको तम्घास अस्पताल जिर्ण रहेको छ । ९० प्रतिशत सरकारी डाक्टरको दरबन्दी रिक्त छ । राम्रो प्राविधिक शिक्षा तम्घासमा छैन् । पटौती–खज्र्याङ्ग–तम्घास सडक तम्घासको भविष्य हो । तर त्यो सडकको काम पनि सन्तोषजनक छैन । ‘मान्छेमा वितृष्णा पैदा हुँदै गएको छ, संभावना र आकर्षण अधुरा रहे,’उनले भने,‘ यो बिषयमा नगरपालिका र नेतृत्वले बेलैमा बिचार पु¥याउनुपर्छ ।’
बिद्यार्थी सार्दै अभिभावक
गण्डकी इग्लिस बोर्डिङ्ग स्कुल तम्घासबाट गत शैक्षिक सत्रमा ३७ जना अभिभावले वुटवलका लागि ट्रान्सफर मागे । भने १० जना अभिभावकहरुले छोराछोरी गाउँ फर्काएको प्रिन्सीपल श्रीराम महतले बताए । त्यस्तै अर्जुन आवासिय माविबाट पनि ३० जना अभिभावले ट्रान्सफर लगे ।
धेरैले वुटवल र केहिले अन्य शहरहरुमा बालबच्चा लगेको भाइस प्रिन्सीपल रवि बिष्टले बताए । महेन्द्र नमुना माविबाट पनि ५० जना अभिभावकले वुटवलका लागि ट्रान्सफर लिए । सदरमुकामका अरु सरकारी तथा गैरसरकारी बिद्यालयहरुबाट पनि छोराछोरी लिएर विभिन्न शहर झर्ने अभिभावक धेरै छन् ।
खस्किदो व्यावसाय
गाउँले हेयर कटिङ्गका प्रोपाइटर संकुज अविरलले कपाल काट्न लाएको सात बर्ष बिते । उनले दैनिक ३०÷४० जनासम्मको कपाल काट्थे । अहिले मुस्किलले १०÷१२ जना पुग्छन् । ‘व्यापार २५ प्रतिशतमा झ¥यो, बिद्यार्थी आएकै कारण भाडा तिरेका छौ,’उनले भने,‘यो बिषयमा कोहि गम्भिर छैनन् ।’ पछिल्लो समय तम्घासका १५ वटा साना ठुला होटलहरु बन्द भएका छन् ।
होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले अहिलेसम्म १५ बटा बढी होटलहरु बन्द भएपनि धेरैको व्यापार खस्कदै गएको बताए । उनले रेसुङ्गा क्षेत्रमा केवलकार र, रेसुङ्गा बिमानस्थल संचालन भए मात्रै पनि व्यावसायमा धेरै फरक पर्ने बताए । सृजना होटलका संचालक ढाल बहादुर कुवंरले पछिल्लो समय भाडा तिर्न मुस्किल परेकाले बन्द गर्ने अवस्था आएको बताए । उनले गाउँका सडकहरुको स्तरउन्नतीले चाड पर्व वा अन्य समयमा पनि धेरै जना व्यक्तिगत गाडीमा सिधै गाउँ पुग्ने गरेको बताए ।
जग्गा कारोवार घट्दै
स्थानीय तह गठनपछि नागरिकमा सदरमुकामप्रतिको आकर्षण घट्दै गएको छ । एकाएक बृद्धि भएको जग्गाको कारोवार अहिले बिस्तारै खस्किएको बैंक तथा बितिय संस्था प्रमुखहरु बताउँछन् । एक बैङका शाखा प्रमुखका अनुसार अहिले बैंकमा जग्गा धितो राखेर क्रृण लिनेहरुको ४० प्रतिशत भन्दा बढिले घटेको बताए । पहिले महिनामा पाँचदेखि सात जनालाई क्रृण प्रबाह गर्ने गरेपनि अहिले मुस्किलले दुई जना पुग्ने उनले बताए ।
त्यसैमाथी जग्गाको मुल्य पनि खस्कदै गएको छ । त्यस्तै जिल्ला मालपोत कार्यालयका प्रमुख खुप बहादुर खत्रीले समग्रमा तम्घासको जग्गा कारोवार कम रहेको बताए । उनले आर्थिक बर्ष ०७४÷०७५ को साउनदेखि पुससम्म तम्घासमा मात्रै ५८ जनाले जग्गा रजिष्ट्रेशन गरेकोमा यो आर्थिक बर्षको पुससम्म ५१ जनाले जग्गा रजिष्ट्रेशन गरेको खत्रीले बताए ।
तम्घासबाट पछिल्लो दुई बर्षमा ३१ जना घरपरिवार बसाई सरेर अन्यत्र गएका छन् । आर्थिक बर्ष ०७४÷०७५ र ०७५÷०७६ को ६ महिनामा ३१ जना घरपरिवारका एक सय ४१ जना बसाईसराई गरेर गएको नगरपालिकाका सुचना प्रविधी अधिकृत तपन पाण्डेले बताए ।
गाउँगाउँमा सडक संजाल
जिल्ला भित्रिएका सडक संजालले पनि तम्घास बिर्साएको छ । पहिले पनि कालीगण्डकी, चन्द्रकोट, सत्यवति, रुरु, छत्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाका ९० प्रतिशत नागरिक तम्घास आउँदैनथ्ये । व्यापार व्यावसायका दृष्टिले उनीहरुको सिधा सम्पर्क रिडी, पाल्पा र वुटवल, काठमाण्डौ छ । त्यो बाहेक मदाने गाउँपालिकाका धेरै नागरिक पनि अर्घाखाँचीसंगै वुटवल पुग्छन् ।
छिमेकी जिल्लाको छत्रदेव गाउँपालिकाको भगवति बाहेक धेरै स्थानका नागरिक तम्घास आउँदैनन् । खनदहबाट सालझण्डी–ढोरपाटन सडक नजिक पर्छ । त्यो सडकले अर्घाखाँचीसहित गुल्मीका मदाने र मालिकाका नागरिकलाई तम्घासभन्दा अर्घाखाँची र वुटवल नजिक बनाएको मदाने गाउँपालिका ७ की बिमला भट्राईले बताइन् । रिडी–रुद्रवेणी–वामीटक्सार सडक कालोपत्रे हुँदैछ । सिमलटारी–पनाहहुँदै इन्द्रेगौडा सडकको स्तरउन्नतीसहित कालोपत्रेको काम शुरु भएको छ । यो सडक हुँदै इस्मा र धुर्कोट गाउँपालिकाका नागरिकलाई सिधै वुटवल पुग्न छिटो र सजिलो हुने इस्मा गाउँपालिका २ का रामप्रसाद घिमिरेले बताए ।
धेरै चिन्ता कम चिन्तन
तम्घासको विकास र समृद्धिका बिषयमा धेरै फोरमहरुमा बहस र छलफल हुन्छन् । काम भएको पाइदैन् । तम्घासमा श्रेष्ठ, भुसाल, पन्थी र केहि जनजातिहरु प्रमुख रुपमा बसोबास गर्छन् । उनीहरु मध्ये धेरैको घर जग्गा र व्यावसाय तम्घास बाहेका बुटवल काठमाण्डौमा पनि छ । जसका कारण पनि तम्घासको बिषयमा चिन्ता र चासो दिने मानिसहरु नदेखिएको व्यावसायी तथा राष्ट्रिय लोकदोहरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले बताए ।
अहिलेसम्म तम्घासमा हरेक हिसावबाट त्यहि समुदायकै बढि लगानी छ । तर लगानीको भविष्यका बारेमा उनीहरु गम्भिर नभएको उनको भनाई छ । अहिलेसम्म जिल्लाको पश्चिम क्षेत्रका नागरिकहरुको कारण मात्रै तम्घासमा केहि चहलपह रहेको पन्तले बताए ।