जनप्रतिनिधीलाई मैनबत्ति बनेर काम गर्न मन्त्री बिष्टको आग्रह

टोपलाल अर्याल
गुल्मी, ९ फागुन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले गुल्मीको मुसिकोट नगरपालिकाको नगर सभालाई संबोधन गरेको छन् । चौथो सभालाई संबोधन गर्दै बिष्टले जनप्रतिनिधी मैनबत्ति जस्तै बनेर समाजका काम गर्न आग्रह गरे । उनले संघियताको अभ्यासकै क्रममा स्थानीय तहले गरेको काम प्रति आफु सन्तुष्ट रहेको बताए ।

‘पदमा बसेको मान्छे मैन जस्तै आफु जलेर अरुलाई प्रकाश दिन सक्नुपर्छ,’ उनले भने, ‘आफ्नो र परिवारको स्वार्थ भन्दा देश र जनताको काममा लागौ ।’ गुल्मी क्षेत्र नं २ का सांसद समेत रहेको बिष्टले कानुन बिहिन संघियताको पहिलो अभ्यासकैबिच धेरै स्थानीय तहले गरेका रचनात्मक तथा सृजनात्मक कामको प्रसंसा गरे । उनले आलोचनाबाट भाग्ने र थाक्ने व्यक्तिनै असफल हुने भएकाले काममा बडिघाट नदि जस्तै अविरल बग्नुपर्नेमा जोड दिए ।

‘अहिले पुस्तक पढ्ने गौतम बुद्ध र अब्राहम लिंकनको पनि आलोचक थिए,’ उनले भने, ‘ निरन्तर कर्म गरे, पछि सफल व्यक्ति भए ।’ मुसिकोट नगरपालिकाको चौथो नगरसभामा नगर प्रहरी सम्बन्धि बिधेयक पेश भएको छ ।

व्यवस्थित छलाङ्ग मार्दै मुसिकोट नगर

‘कृषी पर्यटन, पुर्वाधार र रोजगार, सुन्दर मुसिकोट समृद्धिको आधार’ भन्ने मुल नाराका साथ मुसिकोट नगरपालिकाले पशु, कृषि स्वास्थ्य, शिक्षा र खानेपानी लगायतका क्षेत्रमा महत्पूर्ण कामहरु गर्दै आइरहेको मेयर सोमनाथ सापकोटाले बताए । नगरपालिकाले नगर शिक्षा ऐन, नियमावली र कार्यविधी मार्फत बिद्यालय समायोजन, कक्षा समायोजन तथा दरबन्दी मिलानका काम गरिरहेको छ । भने खोपानी तथा सरसरफाईको क्षेत्रमा पाँच सय ९१ घरमा ‘एक घर एक धारा’ मार्फत खानेपानी पुराएको सापकोटाले बताए ।

त्यस्तै कृषि र पशु विकास तर्फ उन्नत जातको बोका, भैसी र गाई वितरण भकारो सुधार तथा कृतिम गर्भाधान, दुध क्यान तथा घाँस वितरण, हाते टयाक्टर, पलाष्टिक पोखरी, टर्नेल, मौरी घार तथा फलफुल र कफिका विरुण वितरण लगायतका काम गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । भवन तथा सहरी विकास तर्फ नौ वटा महिला भवन निर्माण, दुई बिद्यालय तथा क्याम्पस सुधार, पाँच वटामा संरचना सुधार र दुई वटामा घेरावार तथा रंगरोगन र एक सय ७१ घरमा जस्ता पाता वितरण गरिएको भण्डारीले जानकारी दिए ।

त्यस्तै एक वडा एक खेल मैदान निर्माण, उज्यालो नगर अभियान अन्तरगत तन् िसय ९६ घर परिवारलाई निशुल्क बिद्युतिय सामग्री, बर्थिङ्ग सेन्टरलाई सोलार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । ५५ किलोमिटर सडक ग्राभेल, ६१ किलोमिटर नयाँ मोटरबाटो थप गरिएको, चार किलोमिटर मोटर बाटोको स्तरउन्नती गरिएको छ । नगरपालिकाले उर्जा, सिंचाई, ढल निकास, वन वातावरण, जलाधार एवं फोहोर मैला व्यावस्थापनको क्षेत्रमा पनि अल्पकालिन र दिर्घकालिन योजनाहरु अगाडी सारेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D