गुल्मीमा पनि मनाइयो जनयुद्ध दिवस, सबै अध्यक्ष र सचिबलाई एकसाथ सपथ खुवाईयो

हुमाकान्त पोखरेल
गुल्मी, ०१ फागुन । जनयुद्धको २४ औँ बर्षगाठको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशैभर जनयुद्ध दिवस मनाएको छ । दिवसकै अवरमा गुल्मीमा पनि शुभकामना आदानप्रदान तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको रेसुंगा नगरपालिकामा शुभकामना आदानप्रसादन सँगै सबै वडाका अध्यक्ष र सचिवलाई शपथ ग्रहण गराइएको छ । नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थीले वडाकमिटीका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पन्थीले कम्युनिष्टले मात्र देशको विकास गर्ने बताए । ५ नम्बर प्रदेश सासंद समेत रहेका पन्थीले पछिल्लो समय सरकारले रोजगारीका अवसरहरु लगायत थुप्रै काम गरेको दाबी गरे ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य गणेश विश्वकर्मा, नेकपा नेता कृष्ण सुनार, अशोक थापा, कृष्ण भण्डारी, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य घनश्याम खरेल, जिल्ला संयोजक भरत चन्द लगायत विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा रेसुंगा नगरकमिटीका अध्यक्ष हरी पोखरेलको अध्यक्षता तथा सचिव धर्म विश्वकर्माको संचालनमा सम्पन्न भएको हो ।

यसैबिच नगरकमिटीको बैठक पनि सम्पन्न भएको छ । बैठकले फागुन १० गतेभित्र वडा कमिटीलाई पूर्णता दिने तथा २१ गतेभित्र सबै वडामा कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ । त्यस्तै दिवसकै अवसरमा नेकपा मालिका गाउँपालिकाले मर्भुङ सिमलटारीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेकपा मालिका गाउँकमिटीका अध्यक्ष देविराम अर्यालको अध्यक्षता, नेकपाका प्रदेश सदस्य विर बहादुर कार्कीको प्रमुख विर बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा गाउँपालिका प्रमुख तथा नेकपा नेता रित बहादुर थापाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शहिदहरुप्रति एक मिनेट मौन धारण गरिएको छ । साथै पार्टीका सबै वडाका अध्यक्ष र सचिव तथा मालिका ८ का वडासदस्यहरुलाई समेत सपथ ग्रहण गराइएको छ । गाउँपालिकामा ५ गतेसम्म शपथ ग्रहण अभियान समेत संचालन गरिएको नेकपा मालिका गाउँकमिटी अध्यक्ष अर्यालले जानकारी दिए । गुल्मीका सबै स्थानीय तहहरुले सहिद दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा वडा कमिटीका अध्यक्ष र सचिवलाई शपथ ग्रहण समेत गरेको नेकपा गुल्मीका सचिव बुद्धि जिसीले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D