gulminews logo
मंगलवार, २०८१ बैशाख १८

“जमिन रिचार्ज” गर्न एक गाउँ एक पोखरी निर्माण गरिँदै, ३६ लाख रुपैयाँ बजेट छुट्टाईयो

केशर रोका
प्युठान, माघ २१ । जथाभावी सडक विस्तार । वन फडानी । वृक्षारोपण नहुने र जलवायू परिवर्तनले गर्दा गाउँगाउँमा निर्माण गरिएका पानीपोखरी सुक्दै जानथाले । कुनैवेला पोखरीमा संकलन भएको पानीबाट किसानहरुले सयौँ हेक्टर जमिन सिंचाइ गर्ने गर्दथे । कृषि उव्जनीमा समेत उल्लेखनीय सुधार हुने गरेको थुप्रै उदाहरण भेटिन्छन् । तर, हिजोआज गाउँभरी बनाइएका पानीपोखरी सुख्खा छन् । पानीका मुहान सुक्दै गए । भएका मुहान संरक्षणमा कसैको नजर पुगेन् । गाउँमा बनाइएका पोखरीले सिंगो गाउँको समेत सोभा बढाउने गर्दथ्यो ।

सुक्दै जान थालेका पानीपोखरीलाई संरक्षण गर्नका लागि प्रदेश र स्थानीय सरकारले चासो देखाएका छन् । चालु आर्थिक वर्षमा प्यूठानका धेरै गाउँमा पोखरी निर्माण हुँदैछन् । प्रदेश पाँच सरकारले विनियोजन गरेको बजेटबाट डिभिजन वन कार्यालय प्यूठानले जिल्लाका सवै स्थानीय तहमा पोखरी बनाउने योजना अघि बढाइसकेको छ ।

पोखरी निर्माणका लागि ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको डिभिजन वन कार्यालयका रेञ्जर हरी पौडेलले जानकारी गराए । ‘प्रत्येक स्थानीय तहमा चार लाख रुपैयाँ बजेट छ’,पौडेलले भने,‘चालु आवमा पोखरी निर्माण भइसक्छन् ।’ एक गाउँ, एक पोखरी निर्माण अभियान संचालन भएको उनले जानकारी गराए । डाँडाको पोखरीमा बर्षातको पानी संकलन गरेर जमिन रिचार्ज गर्ने उद्देश्यले पोखरी निर्माण हुन थालेका हुन् ।

‘जमिन रिचार्जका लागि पोखरीले विशेष योगदान दिनेछन्’,पौडेल भन्छन्,‘यस विषयमा सवै स्थानीय तहसँग छलफल भइसकेको छ ।’ चालु आर्थिक वर्षमा खोलाका जलाधार, तालतलैया तथा सिमसार क्षेत्रको संरक्षणका लागि कार्यक्रम संचालन गर्ने योजना रहेको उनले जानकारी गराए । गौमुखी जलाधार क्षेत्रका लागि पाँच लाख र लुङखोला क्षेत्रमा एकलाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएको उनले जनाए ।
कतिपय स्थानीय तहले डिभिजन वन कार्यालयले उपलव्ध गराएको बजेटमा थप गरेर समेत पोखरी निर्माणको संख्यालाई बढाएका छन् ।

एक पोखरी निर्माणका लागि प्राप्त भएको चार लाख रुपैयाँ बजेटमा थप गरी नौ वटा वडामा निर्माण गर्ने योजना बनाएको स्वर्गद्धारी नगरपालिका नगरप्रमुख नेत्र बहादुर रोकायले जानकारी गराए । केही वडामा पोखरी निर्माण भएपनि मर्मत गर्नुपर्ने खालका रहेको उनको भनाई छ । नभएका वडामा नयाँ पोखरी बनाएर जमिन रिचार्ज गरिने उनले जानकारी गराए । रोकायका अनुसार नगरपालिकाले गतवर्ष पोखरी निर्माणका लागि नौे लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा ६ लाख ३० हजार रुपैयाँ बजेट छुटिट्एको छ । ‘डिभिजन वन कार्यालय र नगरपालिकाको बजेटलाइ समायोजन गरेर पोखरी बनाउदै छौ’,उनले भने,‘सवै पोखरी जंगलदेखि डाडाँमा बन्दैछन् ।’ निर्माणधिन अवस्थामा रहेका पोखरी यसवर्ष पुरा हुनेछन् ।

नगरपालिकाले पोखरी निर्माणको क्रममा हेवी इक्यूप्मेन्टको प्रयोगलाई निरुत्साहित गराएको छ । स्थानीय उपभोक्ताहरुले कुटो, कोदालो प्रयोग गरेर पोखरी निर्माण गर्नेछन् । सोही वापत उनीहरुले ज्याला पाउनेछन् ।
स्थानीयको आय आर्जनमा समेत यसले मद्दत पु¥याएको रोकायले दावी गरे । नगरक्षेत्रको तिखाचुली, अडेवास, साउनेपानी, तिमीले, डाँडागाउँ, नाम्रीकोट, भिंगृकोट लगाएत क्षेत्रमा पोखरी निर्माण भइरहेको उनले जानकारी गराए । आकाशको पानी संकलन गरेर वनजंगललाई सँधैभरी सिमसार बनाइने र पानीका मुहान सुक्ने समस्याबाट यसले सघाउ पु¥याउने छ । निर्माण भएका पोखरी वरीपरी फूलहरु रोपेर सौन्दर्यता बनाउने नगरपालिकाको योजना छ ।

मल्लरानी गाउँपालिकाले एक पोखरी निर्माणका लागि बजेट आएपनि दुइ स्थानमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी गराए । डाँडामा रहेको खलंगास्थित टोप्रेखर्क र रस्पुरकोट चौरपानीको उपल्लापोखरामा पोखरी निर्माण हुनेछन् । गाउँपालिकाले समेत नियमित बजेटमा पोखरी निर्माणका लागि बजेट विनियोजन गरेको रिजालले जानकारी गराए । उनका अनुसार यसवर्ष करि दशवटा पोखरी निर्माण हुनेछन् । जिल्लाका अन्य स्थानीय तहले पनि पोखरी निर्माण र संरक्षणको अभियानलाई तिव्रता दिएका छन् । कतिय सामुदायिक वनहरुले समेत पोखरी निर्माणको काम थालेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीका पहिरो प्रभावितको पुर्नबास प्रदेश ५ ले गर्ने, कस्तो प्याकेज घोषणा गर्दै छ सरकार?

टोपलाल अर्याल गुल्मी, २४ साउन । सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको पुर्नबासको पूर्ण जिम्मा प्रदेश

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D