gulminews logo
शुक्रबार, २०८० चैत्र १६

राजनैतिकभन्दा प्राविधिक परिक्षणबाट राजधानी तोक्छौ : मुख्यमन्त्री पोख्रेल

टोपलाल अर्याल
गुल्मी, १० भदौ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राजनैतिक नभएर प्राविधिक परिक्षणका आधारमा राजधानी टुङ्गो लगाउने बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री पोख्रेलले राजनैतिक हिसावले धेरैका आफ्नै तर्क र चाहाना भएकाले प्राविधिक मुल्यांकलन थालिएको बताए । ‘राजनैतिक हिसाबले धेरै बिलम्ब ग¥यौ, अव पछि पर्दैनौ,’उनले भने,‘बिज्ञहरुको सुझावपछि निर्णय गर्नेछौ ।’ उनले यो बर्षभित्र १२ जिल्लाका जनताको भावना र हरेक घरमा दिप बल्लने गरि प्रदेशको नाम र राजधानी टुंग्याउने बताए ।

कानुन र विकास खर्चमा अगाडी

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आफुहरु कानुन निर्माण र विकास खर्चमा सात प्रदेशभन्दा अगाडी भएको बताए । उनले प्रदेशको संरचना निर्माण र कर्मचारीको व्यावस्थापनका कारण छ महिना मात्रै काम गरेपछि राम्रो उपलब्धि प्राप्त गरेको बताए । मुख्यमन्त्री पोख्रेलले प्रदेशले संघियता कार्यान्वयन, कानुन निर्माण, आवधिक योजना तर्जुमासंगै सम्पादन गरेका कामहरु उत्कृष्ट भएकाले दाबी गरे । साथै तीन बर्षभित्र सवै जिल्लाका नागरिकमा आधारभुत खानेपानी सुविधा र साना ठुला सडक निर्माणको सवै काम सम्पन्न गर्ने जानकारी गराए ।

पार्टी पंक्ति निष्क्रिय : नागरिकमा भ्रम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इन्चार्ज समेत रहेका शंकर पोख्रेलले पार्टी पंक्ति निष्क्रिय भएका कारण आम नागरिक भ्रममा परेको बताए । उनले तीन वटै सरकारले देश र जनताको पक्षमा महत्वपूर्ण काम गरेपछि त्यसको प्रचार पार्टी पंक्तिले गर्न नसकेका कारण प्रतिपक्षले नागरिकमा भम्र सृजना गरेको आरोप लगाए । ‘लामो समय सिन्डीकेट लगाएर एकाधिकार गरेकाले निराशा बोकेर हिडेका छन,’पोख्रेलले भने,‘सरकारको प्रचार गर्ने पार्टी पंक्ति सुतेकै अवास्थामा छ ।’ उनले सरकारले जे काम गर्न खोजेपनि सडक खोज्ने प्रवृतिकै बिच पनि देशले उच्च आर्थिक बृद्धिदर हासिल गर्नु सुखद पक्ष भएको बताए । अब एकिकरण प्रक्रिया लगभग सकिएकाले कमिटीहरु चलाएमान बन्नुपर्नेमा जोड दिए ।

पहिरो प्रभावितको स्थानान्तरण गर्न केन्द्र नकुर्ने

सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको स्थानान्तरण गर्न केन्द्र सरकार पर्खेर नबस्ने मुख्यमन्त्री शंकर पोख्रेलले बताए । मुख्यमन्त्री भएपछि पहिलो पटक गुल्मी आएको पोख्रेलले इन्जिनियरले स्थानान्तरण गर्ने रिर्पोट दिएकाले अब काम सुरु गर्ने बताए । उनले सत्यवतिका नागरिकको नजिकको ठुलो सरकार भनेकै प्रदेश भएकाले अलपत्र पर्ने कुरामा शंका नगर्न प्रभावित परिवारलाई आग्रह गरे । ‘पुर्नबाससंगै सिंचाई आयोजना र साना मझौला सडक निर्माणमा माथी मुख ताक्नु पर्दैन,’उनले भने,‘ केन्द्र सरकारको सहयोगलाई पनि स्वागत गर्छौ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D