gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका पहिरो प्रभावितको पुर्नबास प्रदेश ५ ले गर्ने, कस्तो प्याकेज घोषणा गर्दै छ सरकार?

टोपलाल अर्याल
गुल्मी, २४ साउन । सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको पुर्नबासको पूर्ण जिम्मा प्रदेश ५ सरकारले लिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी सत्यवति गाउँपालिकाको टोली प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई बिहिबार ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मूख्यमन्त्री पोखरेलले पुर्नबासको लागि प्रदेश सरकारले पूर्ण जिम्मा लिने प्रतिवद्धता व्यक्त गरेको प्राकृतिक विपद् व्यवस्थापन तथा पुर्नःस्थापना सहजिकरण उप समिति संयोजक अमर सिंजापति मगरले बताए ।

उद्धार र राहतको काममा पनि प्रदेश सरकारको तर्फबाट आफ्नो कर्तव्य पूरा गरेकाले पहिरो प्रभावित क्षेत्रको वास्तविक तथ्यांकीय अवास्था बाहिर आएपछि योजनावद्ध रुपमा काम सुरु हुने आश्वासन पाएको सिंजापतिले बताए । पहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुर्नस्थापनाको बिषयमा प्रदेश सरकार गम्भिरनै भएकाले एकिकृत बस्ती निर्माणको लागि पनि मुख्य मन्त्री सकरात्मकनै रहेको प्रेस सल्लाहाकार शेर बहादुर केसीले बताए । ‘बिस्थापितको जिम्मा राज्यलेनै लिनुपर्छ मन्त्री ज्यूको धारणा पनि एकिकृत बस्ती निर्माणनै हो,’केसीले भने,‘ प्रदेशसंगै केन्द्र र स्थानीय सरकारको पनि सहयोग आवश्यक छ ।’

राहत र पुर्नस्थापनाको प्याकेज घोषणा गर्ने

प्राकृतिक विपद व्यवस्थापन तथा पुर्नःस्थापना सहजिकरण उप समिति सत्यवती गाउँपालिकाको टोलीले मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री सुदर्शन वराल मगर, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई छुट्टाछुट्टै नौ बुँदे ज्ञापन पत्र बुझाएको थियो । सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्थानीय सरकारले एकिकृत बस्ती निर्माणको लागि जग्गा पहिचान गर्ने र प्रदेशले पूर्ण बिस्थापित परिवारलाई पुर्नबासको व्यावस्था गर्ने बताए । उनले त्यसका लागि आन्तरिक मामिला मन्त्रालयको नेतृत्वमा सवै मन्त्रालयको बिज्ञ टोली पहिरो प्रभावित क्षेत्रमा पुर्नस्थापना र क्षेतिको विवरण संकलन गर्न जान लागेको बताए ।

मन्त्री बरालले विवरण संकलनपछि प्रदेश सरकारले राहत र पुर्नस्थापनाको प्याकेज घोषणा गर्ने र त्यसमा कुन सरकारले कति सहयोग गर्ने भन्ने बिषयमा छलफल गरिने जानकारी दिए । उनले अस्थायी आवास निर्माणको लागि जस्तापाताको व्यावस्था समेत प्रदेशले उपलब्ध गराउने बताए । पहिरो र असिनाले नष्ट कृषीबालीको सम्वन्धमा पनि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले क्षेतिको लगत संकलनपछि क्षेतिपूर्तिको व्यवस्था मिलाउने प्रतिवद्धता गरेकी छन् ।

प्रभावितका मुख्य माग

पहिरो प्रभावित क्षेत्रको व्यवस्थापन, क्षतिपूर्ति र पुर्नस्थापनाको माग गरिएको छ । प्राकृतिक विपद व्यवस्थापन तथा पुर्नःस्थापना सहजिकरण उप समितिले मुख्यतय पहिरोले बगाएको सिद्ध प्रावि संचालनको वैकल्पिक व्यवस्था, पहिरोले क्षेतिग्रस्त सत्यवती गाउँपालिकाका विभिन्न सडक सञ्जाल, खानेपानीका योजनाहरु, सिंचाई कुलोहरु, सार्वजनिक भवन आदिको पुननिर्माणको लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेको टोलीका सदस्य तथा नेकपा गाउँ कमिटी सचिव जितु तरामु मगरले वताए ।

ठूलोलुम्पेकमा पहिरोले कृषि क्षेत्रमा समेत ठुलो नोक्सानी भएको छ । पहिरोभन्दा एक महिना पहिलो पनि लुम्पेकमा भिषण असिना पानीले व्यावसायिक रुपमा टमाटर खेती गर्दै आएका करिव तीन सय प्लास्टिक टनेल र टमाटरका लाखौं वेर्ना ध्वस्त बनाएको थियो ।

यो पनि पढ्नुस्

प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतिय‍ोगिता शुरु, महिला भलिवलको पहिलो खेलमा पाल्पासँग हार्यो गुल्मी

बुटवल, बैशाख २३ । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतिय‍ोगिता २०७६ बुटवलमा सुरू भएको छ। सामाजिक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D