गुल्मीमा लागू औषधसहित ५ जना पक्राउ

टोपलाल अर्याल
गुल्मी, १४ कार्तिक जिल्ला प्रहरी कार्यालय गुल्मीले लागू औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । सुनसरी रामधुनी नगरपालिका ८ का २६ वर्षिय बिजय लिम्बु, गुल्मीको रेसुङा नगरपालिका २ का १९ वर्षिय नवीन बिक, सोही ठाउँका १८ वर्षिय बेबेक गुरुङ, मुसिकोट नगरपालिका ८ का १९ वर्षिय बिपिन ठकुरी र मुसिकोट नगरपालिका ३ का १८ वर्षिय बिशाल रायमाझीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताए ।

मगलवार राती ९ बजे रेसुङा नगरपालिका २ बाख्रेछेडाका पुर्ण बहादुर थकालीको घरमा लागू औषध सेवन गरि होहल्ला गरेको सुराकीको आधारमा प्रहरीले उनिहरुलाइ पक्राउ गरेको हो । उनिहरुको साथबाट ८० ग्राम हरियो गाजा, चरेस जस्तो देखिने दुलो २० ग्राम पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको बस्नेतले बताए । अहिले जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलन मार्फत उनिहरुलाइ सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बस्नेतले धेरै जक्सनमा सूक्ष्म अनुसन्धान भएकाले कारबाही गर्दै जाने बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ